डोटीका ६० वर्षीय वृद्धले गरे कलीलो उमेरकी युवतीसँग दोस्रो विवाह
डोटी – डोटीका एक वृद्धले कलिलो उमेरकी युवतीसँग विवाह गरेका छन् । केआईसिंह गाउँपालिका -४ वायलका ६० वर्षीय भीम बहादुर नेपालीले बोगटान फिड्सिल गाउँपालिकाकी कलिलो उमेरकी युवतीसँग विवाह गरेका हुन् ।
उनको विवाहको तस्बीर सामाजिक सञ्जालमा बाहिरीएको छ । नेपालीका दुई छोरी, श्रीमती र छोरीबाट नातिनातिना छन् । स्थानीयका अनुसार उनले सोमबार दुलही ल्याएर घरमा धुमधामका साथ विवाह गरेका हुन्।
केआईसिंह गाउँपालिका -४ का वडा अध्यक्ष जयलाल धामीले विवाह गरेको भन्ने हल्ला सुनेको तर आफूलाई आधिकारिक जानकारी नभएको बताए । स्थानीय स्रोतका अनुसार नेपालीले ६० वर्षको उमेरमा २३ वर्षीया युवतीसँग विवाह गरेर घरमा राखेका छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया