धनगढीको निसर्ग अस्पतालले गर्यो सपनाको निशुल्क उपचार
धनगढीः निसर्ग अस्पतालले धनगढी उपमहानगरपालिका १२ जुगेडाकी सपना थापाको निशुल्क उपचार गरिदिएको छ। थापा जुगेडामै रहेको मनकामना फुटबल क्लबकी खेलाडी हुन्। फुटबल खेल्ने क्रममा लडेर थापाको हात भाँचिएको थियो। उनको आज अस्पतालले उपचार गरिदिएको छ। अस्पतालले विपन्न परिवारलाइ छुट र आर्थिक अभाव भएकालाइ उपचारमा सहयोग गर्दै आएको छ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया