सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सुदूरपश्चिमका स्थानीय तहमा भ्रष्टाचारको जालो झनझन फैलिदै

धनगढी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा आर्थिक लेनदेनका घटना एकपछि अर्को बढ्दै गएको पाइएको छ। तुलनात्मक रुपमा स्थानीय तहमा भ्रष्टाचार बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले देखाएको हो।

भ्रष्टाचारविरुद्ध नागरिक समाजले पटकपटक खबरदारी गर्दै आए पनि झनझन बढ्दै गएको नागरिक समाज कञ्चनपुरका सचिव कोमल निरञ्जन भाटले बताए। ‘यहाँका स्थानीय तहमा देखिएको भ्रष्टाचारको जालो तोड्नै नसकिने गरी बढेको छ,’ उनले भने, ‘नागरिकको नजिकको सरकारको रूपमा रहेको स्थानीय तहहरूमा आर्थिक अनियमितताले चर्को रूप लिएको छ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका भ्रष्टाचारसम्बन्धी उजुरीको आँकडाले उक्त क्षेत्रमा अत्यधिक अनियमितता हुने गरेको देखिएको हो। सबैभन्दा बढी स्थानीय तहमा भ्रष्टाचार भएको उजुरी दर्ता भएको आयोगको ३१औं वार्षिक प्रतिवेदनले देखाएको छ।

स्थानीय तहका पदाधिकारीहरुलाई भ्रष्टाचार न्युनिकरणका लागि पटकपटक छलफल, बहस र पैरवी गर्दै आएपनि न्युनिकरणको सट्टा झनझन बढ्दै गएको गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष देवी खनालले बताए। उनले भने, ‘भ्रष्टाचारमा संलग्न व्यक्तिले सहजै उन्मुक्ति पाउने, कारबाही नै नहुने र कारबाही गर्ने निकाय नै सक्रिय नहुने अवस्थाका कारण भ्रष्टाचारको जरो झनझन बलियो हुँदै गएको देखिन्छ।’

आर्थिक वर्ष २०७७र०७८ मा आयोगमा भ्रष्टाचारसम्बन्धी २२ हजार ६२५ उजुरी परेको प्रतिवेदनले देखाएको छ। कुल उजुरीमध्ये २ हजार ५ सय ९० अर्थात ११ दशमलव ४५ प्रतिशत उजुरी सुदूरपश्चिम प्रदेशबाट दर्ता भएका छन्। आयोगले विद्यमान खर्चिलो निर्वाचन पद्धतिमा सुधार गर्नुपर्ने, राजस्व चुहावट नियन्त्रण गर्नुपर्ने, कर छूट र मिनाहा दिने प्रवृत्ति बन्द गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण समेत गराएको छ।

सुशासन र सदाचार प्रवद्र्धन, राजस्व चुहावट नियन्त्रणलगायत सार्वजनिक वित्त, सार्वजनिक सेवा प्रवाह र सेवाग्राहीको सरोकार, सार्वजनिक खरिद तथा आयोजना र कार्यक्रम व्यवस्थापन, कृषि, भूमि, वन तथा वातावरण, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायत विषयमा बर्सेनि उजुरी पर्ने गरेको छ।

प्रदेशभित्रका ८८ वटै स्थानीय तहमा अनियमितताको उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका सूचना अधिकारी हरिशचन्द्र जोशीले बताए। ‘प्रदेशको तुलनामा स्थानीय तहमा आर्थिक अनियमितता र आर्थिक लेनदेनका उजुरी बढि देखिएको छ,’ उनले भने।

धनगढी उपमहानगरपालिकासहित प्रदेशका ८८ वटै स्थानीय तहमा गरी २ हजार ५ सय ९० भ्रष्टाचार सम्वन्धिका उजुरी आयोगमा दर्ता भएको पाइएको छ। चालू आर्थिक वर्ष २०७८र७९ को कात्तिक मसान्तसम्म मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयमा १९१ उजुरी थप दर्ता भएका छन्।

  • १ मंसिर २०७८, बुधबार ०६:१० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU