मोतिसिंह तिरुवा स्वर्गिय सेतबहादुर कुँवर स्मृति सम्मान बाट सम्मानीत
निराजन परियार धनगढी । स्वर्गिय सेतबहादुर कुँवर स्मृति सम्मान २०७५बाट समाज सेवी नेपाली काग्रेश अछामको नेता मोतिसिंह तिरुवा सम्माकनीत हुनुभएको छ ।
नेपाली काग्रेशका पार्टी सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमका बिच उहाँलाई सम्मान गरेको हो ।

नेपाली काग्रेश अछाम काठमाण्डौ सम्र्पक समितिले काठमाण्डौमा आयोजना गरेको स्व.सेतबहादुर कुँवर स्मृति सम्मान २०७५बाट समाज सेवा र पार्टीमा गरेको योगदानको कदर गर्दै तिरुवालाई सम्मान गरेको हो ।
अछाम जिल्लामा २००५ सालमा जन्मनुएका तिरुवा २०४६ सालबाट नेपाली काग्रेशको साधारण सदस्य हुदै २०५१ सालमा पार्टीको क्रियाशिल सदस्य बन्नुभएको थियो ।

अछामको राजनीतिमा र दलित आन्दोलनमा मोतिसिंह तिरुवाको गरेको योगदान महत्वपुर्ण मानिन्छ ।
२०५४ सालको स्थानिय चुनावमा तत्कालिन अछामको नवाठाना गाबिसको अध्यक्ष हुदै नेपाल दलित संघको जिल्ला अध्यक्ष महाधिवेशन प्रतिनीधि, जिल्ला बिकास समितिको सभामुख पटक पटक पार्टीको महत्वपुर्ण जिल्ला कार्यसमितिमा पुगि सक्नुभएको छ ।

स्वर्गिय सेतबहादुर कुँवर स्मृति सम्मान २०७५ सम्मान कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा,महामन्त्री शंशाख कोईराला, सहमहामन्त्री प्रकाशशरण महत,एनपी साउँद नेपाली काग्रेश अछाम काठमाण्डौ सम्र्पक समितिका अध्यक्ष यज्ञराज उपाध्याय, त्यस्तै नेपाली काग्रेश अछाम काठमाण्डौ सम्र्पक समितिका वरिष्ठ उपाध्यक्ष भक्त ठकुल्ला लगाए अछामका पार्टी सभापति भरत स्वार लगाएत नेताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा तिरुवा लगाएत बिभिन्न व्यक्तीहरुलाई सम्मान गरेको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया