मादक पदार्थ र सर्तीजन्य पदार्थमा बालबालीकालाई प्रयोग गरे ५ सय जरिवाना
डीबी विष्ट बझाङ १७ असोज । मादक पदार्थ र सुतीजन्य पदार्थमा बालबालीकाहरुलाई प्रयोग गर्न नहुने भन्दै तल्कोट गाँउपालीका वडा नम्बर एक सुनीकोटले निर्णय गरेको छ ।
वडा नम्बर एकका वडा अध्यक्ष गोपाल धामीको अध्यक्षतामा बैठक बसी बालबालीकाहरुलाई कुनै पनी अभिभावकहरुले मादक पदार्थ खरीद विक्री तथा सतीजन्य पदार्थ खरीद विक्री गर्न र नगराउन आग्रह गरेको हो । वडा नम्बर एकमा रहेका समाज सेवि, बुद्धीजीविहरु महिला तथा जनाप्रतिनीधीहरु मिलेर यस्तो निर्णय गरेको हो । समाज सेवि तथा बुद्धी जिवि प्रेम धमेनाको अध्यक्षतामा ९ सदस्य नयाँँका मदीरा निण्न्त्रण समीती गठन गरी यस्तो निर्णय गरेका हुन ।

मदीराका कारण समाजमा हुने विभीन्न प्रकारका महिला तथा बालबालीका माथी हिंशा बढेको भन्दै बालबालीकालाई कुनै पनी अभिभावकहरुले मदीरा जन्य पदार्थ तथा सुर्ती जन्य पदार्थ विक्री तथा खरीद गर्न लगाएको खण्डमा पहिलो पटक सम्झाई बुझाई गर्ने र दोस्रो पटक पाँच सय जरीवाना गर्ने समीतीले निर्णय गरेको समीतीका सचिब कुबेर थापाले बताउनु भयो ।
यस्तै समीतीले मदीरा पसल भएका ब्यक्तीहरुले बेलुका ५ बजे देखी ८ बजे सम्म मात्रै विक्री गर्न पाउने र मदीराको पसल खोल्न पाउने यदी निर्णय विपरीत गए पहिलो पटक ५ सय जरीवाना र पटकै पिक्ष दोब्बर जरीवाना गर्ने निर्णय गरेको छ । मदीरा कुनै ब्यक्तीले उधारो पिएको खण्डमा निशुल्क हुने घरमा आएर मदीराको पैशा असुल गर्न खोज्ने ब्यापारीलाई कार्वाही गरीने निर्णय समेत समीतीले गरेको थापाको भनाई छ ।
यस्तै मदीरा पिएर हो हल्ला गर्ने जो कोहीलाई पनी पहिलो पटक भए २ हजार ५ सय र पटकै पिक्ष दोब्बर र सरकारी जागीर तथा जनप्रतिनीहरुलाईलाई पहिलो पटक ३ हजार र पटकै पिक्ष दोब्बर जरीवाना गर्ने निर्णय समेत गरीएको छ ।
महिला कल्याण बचत तथा ऋण सहकारी संस्था द्धारा ब्यावहार परिवर्तन परियोजना वडा नम्बर एकमा लागु भएका कारण यसको सदुपयोग तथा पहिला आफ्नो ब्यावहारमा परिवर्तन गर्न जरुरी रहेको भन्दै आफुले मदीरा पिउन छोडेको र अब समाजलाई सुधार्न तर्फ लाग्ने नयाँ कार्य समीतीमा चयन हुनु भएका अध्यक्ष प्रेम धमेनाले बताउनु भएको छ ।
समीतीले गरेका निर्णयहरु निकै राम्रो भएको भन्दै यहाँका महिला तथा बालबालीकाहरुले समेत स्वागत गरेका छन् । यो जीम्मेवारी एउटै समीतीको मात्रै नभई सबै गाँउलेहरुको भएको स्थानीय बासिुन्दाहरुको भनाई छ । मदीरा नियन्त्रणका लागी नकै श्रनीय कार्य भएको भन्दै वडा नम्बर एकका वडा अध्यक्ष गोपाल बहादुर धामीले समेत यसको प्रंसंसा गरेका छन् ।
आफ्नो तर्फ बाट गरीने जस्तो सुकै सहयोग पनी आफु गर्न तयार रहेको अध्यक्ष धामीको भनाई छ । समीतीले सल्लाहकर समीतीका वडा अध्यक्ष गोपाल धामी सहीत निर्वाचित सबै वडा सदस्यहरु वडा सचिबलाई समृत राखएिको बताएका छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया