थारु आलुलाई प्राथमिकताः सांसद पन्त
धनगढी,१६ असोज । सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्तले रैथाने थारु आलुको उत्पादनलाई प्राथमिकतामा राखिएको बताएका छन् । धनगढी उप–महानगरपालीका ११ स्थीत परिवर्तन बहुउदेश्यीय सहकारी संस्थाको ९औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रदेश सांसद पन्तले घोडसुवा क्षेत्र स्थानीय आलुको सबैभन्दा उर्वर क्षेत्र भएको बताए । उनले भने,‘ब्यावसायीक रुपमा काम गरेमा अनुदानको ब्यबस्था मैले मिलाउछु । प्रदेश सांसद पन्तले सहकारी संस्थालाई पनि उत्पादनशिल क्षेत्रमा लगानी लगाउन आग्रह गरे । धनगढी उप–महानगरपालीकाका कार्यवाहक नगर प्रमुख हिरा सिंह पालतीले सहकारी संस्थाहरुलाई प्रवद्र्धन गर्ने कुरा निति तथा कार्यक्रममा नै राखिएको बताए । उनले भने,‘गत आर्थिक बर्षमा पनि कृषी समुह र सहकारीहरुलाई सहयोग भएको छ । निमित्त नगरप्रमुख पातलीले सहकारीले ऋिण दिने र लिने भन्दा पनि शेर सदस्यहरुको जिवन उठाउने किसिमले काम गर्नुपर्ने बताए । कतिपय सरकारीका कारण राम्रा सहकारी संस्था समेत बदनामित भैरहेको कार्यवाहक नगरप्रमुख पातलीले बताए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया