अनन्ते पर्वको अवसरमा भलिबल प्रतियोगिता
रमित बिक‚ बाजुरा असोज १६ । गौमुल गाउँपालिका वडा नं ६ बसालामा रहेको घटाल आधारभुत बिद्यालयको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ । आजबाट सुरु भएको पहिलो चरणको खेलमा महिला तर्फको खेलमा चौका टिम र घटाल बालसमुहलाई पछि पार्दै घट्मुना बजार टिम र सिर्जना बालसमुहले जित हात पारेका छन् । स्वास्थ लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता सुरु भएको हो ।
स्थानीय संस्कृतिको जगर्ना गर्न हेतुले प्रतियोगिता सुरु गरिएको बिद्यालयका प्रधानाध्यापक हर्कबहादुर थापाले बताए । उनले भने, स्थानीय पर्व अनन्तेको जगर्ना गरे संगै खेल क्षेत्रलाई पनि मजबुत अनि बलियो बनाउनको लागि खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरिएको बताए ।
यसैबीच दोश्रो चरण अन्तर्गत पुरुषहरुको खेलमा आयोजक घटाल आधारभुत बिद्यालयले एन ञबीझ ईस्वाईर मानाकोटलाई पराजित गरेको छ । त्यस्तै एस वाई सी सटेडा र थ्री स्टार युथ क्लब बडिमालिका नगरपालिका बीच भएको खेलमा थ्री स्टार युथ क्लब सटेडाले जितेको छ ।
प्रतियोगितामा ८ वटा पुरुष र ६ वटा महिलाहरुको टिमले भाग लिएको खेल सञ्चालन समिति संयोजक दल बहादुर रोकायाले बताए । अनन्ते पर्वको अवसरमा यहीँ असोज १७ गते राति ८०० बजेबाट जनचेतनामुलक बृहत साँस्कृतिक कार्यक्रम सञ्चालन गर्ने बिद्यालयले जनाएको छ । साथै फाईनल चरणका खेलहरु भोलि विहानाबाट सुरु हुने आयोजकले जनाएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया