सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

क्रिष्टियानो रोनाल्डोद्धारा अमेरिकी महिलालाई बलात्कार

न्युयोर्क, १६ असोज । विश्वप्रसिद्ध स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि अमेरिकी महिलाले लगाएको बलात्कार आरोपका बारेमा लस भेगास प्रहरीले फेरि अनुसन्धान सुरु गरेको छ ।

३४ वर्षीया शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९ मा रोनाल्डोले आफूलाई होटलको बाथरुममा बलात्कार गरेको आरोप लगाएकी हुन् । क्याथरिन त्यो बेला मोडल थिइन् ।

लस भेगासमा रहेको पाल्म होटल र क्यासिनोको बाथरुममा सन् २००९ को जुन १३ को बिहान रोनाल्डोले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी हुन् । आफूले यौन सम्बन्धका लागि धेरै पटक अस्वीकार गरे पनि रोनाल्डोले यौन सम्बन्ध कायम गरेको उनले बताएकी छन् ।

३३ वर्षका रोनाल्डोले आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका छन् र समाचार फेक रहेको बताएका छन् । आफ्नो नाम प्रयोग गरेर प्रमोट हुन चाहेर यस्तो आरोप आफूमाथि लगाइएको रोनाल्डोको भनाई छ ।

लस भेगास प्रहरीले सोमबार घटनाको सम्बन्धमा अनुसन्धान पुनः सुरु भएको जानकारी दिएको हो ।

क्याथरिन र रोनाल्डोबिच पाल्ममा रहेको रेन नाइट क्लबमा भेट भएको थियो । रोनाल्डो बिदा मनाउनका लागि जाँदा त्यहाँ बसेका थिए ।

क्याथरिनले घटनाबारे दाबी गर्दै आफू लुगा बिग्रिन्छ भनेर रोनाल्डोको होटल रुममा रहेको बाथ टपमा बस्न अस्वीकार गरेको र रोनाल्डोले एथ्लेटिक हाफ पाइन्ट तथा टि सर्ट दिएर बाथरुममा चेन्ज गर्न ठाउँ दिएको उल्लेख गरेकी छन् ।

आफूले लुगा फेरिरहेका बेला रोनाल्डो बाथरुममा छिरेको र लिङ्ग देखाउँदै यौन कार्यका लागि आग्रह गरेको क्याथरिनले अदालतमा पेश गरेको कागजातमा उल्लेख गरिएको छ ।

क्याथरिनका साथमा लस भेगासको नाइट क्लबमा रोनाल्डो । अदालतमा पेश गरिएको कागजात अनुसार क्याथरिनले अस्वीकार गरेको र होटल छोडन् चाहेको तर रोनाल्डोले उनलाई तानेर बिस्तारामा लगेर यौन सम्बन्ध कायम गर्न खोजेको उल्लेख गरिएको छ ।

त्यसपछि उनले आफूलाई रोनाल्डोले बलात्कार गरेको क्याथरिनको दाबी छ । यौन सम्बन्ध कायम गरेपछि रोनाल्डोले माफी माग्दै बेडरुम छोडेको अदालतमा पेश गरेको कागजातमा उल्लेख गरिएको छ ।

जर्मन म्यागजिन डेर स्पिइगलसँग क्याथरिनले भनेकी छन्, ‘रोनाल्डो ९९ प्रतिशत जेन्टलम्यान हुन्, तर एक प्रतिशतले मलाई निराश पारे ।’

अदालतमा पेश गरिएको कागजातमा रोनाल्डोले क्याथरिनसँग यौन सम्बन्ध कायम भएको तर त्यो सहमतिमा रहेको उल्लेख गरिएको छ ।

क्याथरिनले घटनाबारे त्यो बेला नै प्रहरीमा उजुरी दिएको तर सन् २०१० मा रोनाल्डोसँग तीन लाख ७५ हजार अमेरिकी डलर लिने गरी सहमति गरेकी थिइन् । अहिले आएर उनले फेरि घटनालाई बलात्कारको रुप दिँदै मुद्दा दायर गरेकी हुन् ।

रोनाल्डोका वकिल क्रिष्टियन शेट्र्जले स्पिइगलमा छापिएको खबर गैरकानुनी र गम्भीर रहेको बताएका छन् । खबरका कारण रोनाल्डोको नैतिकतामाथि भएको असरको क्षतिपूर्तिको दाबीसहित मुद्दाको तयारीमा रहेको बताएका छन् ।

यो आरोप पछिल्ला वर्षमा व्यक्तिगत अधिकारमाथिको सबैभन्दा ठूलो प्रहार वा उल्लंघन रहेको रोनाल्डोका वकिलले बताएका छन् । रोनाल्डो अहिले इटालियन क्लब युभेन्टसबाट खेल्दै आएका छन् । रोनाल्डो विश्वका सर्वोत्कृष्ट फुटबलरका रुपमा लिइन्छन् । एजेन्सी

  • १६ आश्विन २०७५, मंगलवार ०६:०१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU