सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

ब्लड प्रेशर बढ्दा के खाने के नखाने ?

उच्च रक्तचाप व्यवस्थापनका लागि सिफारिस गरिएको खानपान व्यवस्थालाई चिकित्सा विज्ञानमा दाश खानपान विधि भनिन्छ । यो खानपान विधिलाई उच्च रक्तचापको रोकथाम र उपचार एवं मुटु रोगको जोखिम कम गर्नका लागि प्रयोग गर्ने गरिन्छ । आज युरोप र अमेरिका जस्ता विकसित  देशहरूमा उच्च रक्तचापको उपचारका लागि अनिवार्य रूपमा दाश खानपान खान सल्लाह दिइन्छ ।

के हो दाश खानपान ?

दाश खानपान पद्धति पाश्चात्य समाजका लागि नौलो भए पनि दक्षिण एसियालीहरूका लागि नौलो खाना होइन । युरोप एवं अमेरिकामा उच्च रक्तचाप महामारीको रूपमा फैलिन थालेपश्चात त्यहाँका वैज्ञानिकहरूले यो रोगको प्रकोप कम भएको समुदायको अध्ययन गर्दा ती समुदायमा विशेष प्रकारको खानपान अभ्यास भएको पाइयो । पछि अध्ययन गर्दा यसरी पूरै समुदायकै रक्तचाप कम हुनुमा उहाँहरूको खानपान र जीवनशैलीलाई जिम्मेवार ठहराइयो । वैज्ञानिक अध्ययन पश्चात सोही खानपान पद्धतिलाई परिष्कृत एवं वैज्ञानिक बनाएर दाश खानपान नामाकरण गरियो ।

दाश खानपान पद्धति मूलतः शाकाहारी खानपान पद्धति हो । यस पद्धतिका प्रचुर मात्रामा सागशब्जी र फलफूलहरू खाने, नुन, चिनी एवं चिल्लोको प्रयोग अत्यन्त कम गर्ने, मदिरापान नगर्ने र मांसाहार नगरी नहुनेहरूका लागि रातो मासु, फलमासु वा बोसो भएको ठूला जनावरका मासु नखाएर दुब्ला पातला जनावरको ९रातोमासु र बोसो भएको०मासु छोडेर अन्य अङ्गको मासु खान वा माछा खान सल्लाह दिइन्छ ।

दाश खानपान किन ?

दाश खानपानले उच्च रक्तचाप घटाउनुका साथै तौल कम गर्ने, क्यान्सरको खतरालाई न्यूनीकरण गर्ने, मुटुरोगको जोखिम कम गर्ने, कोलेस्टे्रोल कम गर्ने लगायत पाचन र उत्सर्जन प्रणालीलाई समेत फाइदा पुर्‍याउने तथ्यहरू उजागर भएका छन् ।

दाश खानपानका फाइदाहरूः

१. उच्च रक्तचाप कम गर्नेः दाश खानपानको अभ्यासले रक्तचाप बढेकाहरूको रक्तचाप घटाउँछ भने नबढेकाहरूको रक्तचाप बढ्न दिँदैन । रक्तचापको अन्य जोखिम कारक तत्वहरू जस्तै मोटोपन, नुनको सेवन, तनाव आदीलाई नहटाउँदा पनि दाश खानपान एक्लैले रक्तचाप कम गर्ने गर्छ । दाश खानपानका साथसाथै नुनलाई पनि कम गर्दा रक्तचाप अझै कम हुन्छ ।

२. तौल कम गर्न सहयोग गर्छः दाश खानपान तौल घटाउने मनसायले तयार गरिएको खानपान पद्धति नभए पनि यो खाद्य अभ्यासले तौल पनि घट्छ । उच्च रक्तचापको एउटा कारक तत्व मोटोपन पनि हो । उच्च रक्तचाप भएकालाई मोटोपन भए मोटोपन कम गर्ने सल्लाह दिइन्छ । उच्च रक्तचाप कम गर्ने क्रममा दाश खानपानमा रहे तौल पनि कम हुन्छ । यसो हुनुमा दाश खानपानको प्राकृतिक नुन, चिनी, मैदा र चिल्लोयुक्त हुनु हो ।

 

३. मुटुरोगको जोखिम कम गर्ने : दाश खानपानले मुटुरोगको जोखिमलाई कम गर्छ ।

४. क्यानसरको जोखिम घटाउने : दाश खानपानमाथि भएका अनुसन्धान र समीक्षाहरूले यो खानपान पद्धतिलाई क्यान्सर प्रतिरोध पद्धतिको रूपमा चित्रण गरेको छ ।

५. मष्तिस्क घातको जोखिम कम गर्नेः दाश खानपान गर्नेलाई मष्तिस्क घातको जोखिम पनि घटेर जाने तथ्य विभिन्न अनुसन्धानहरूले दर्शाएको छ ।

६. मेटाबोलिक सिन्ड्रोमको जोखिम कम गर्ने : यी पाँच रोगहरू उच्च रक्तचाप, उच्च रक्त ट्राइग्लिसराइड, मधुमेह, बढेको भुँडी र निम्नरक्त एच.डी.एल कोलेस्टेरोलमध्ये तीन रोगहरू भएको अवस्थालाई मेटाबोलिक सिन्ड्रोम भनिन्छ । दाश खानपानको अभ्यासले मेटाबोलिक सिन्ड्रोमको जोखिम कम भएर जान्छ ।

७. मधुमेहको जोखिमलाई कम गर्दछः टाइप–२ मधुमेहको जोखिमलाई पनि दाश खानपानको अभ्यासले राम्रो गर्दछ । यसका अतिरिक्त दाश खानपानको अभ्यासले इन्सुलिन प्रतिरोधकतालाई कम गर्ने र संवेदनशीलतालाई बढाउने गर्छ ।

के के खाने ? कतिखाने ?

१. सग्लो अन्नको परिकारः ३ देखि ४ सर्भिङ्ग प्रतिदिन सग्लो अन्न जस्तै- गहुँको पाउरोटी, रातो चामलको खिचडी दलिया, किन्वा, ओट कर्नलेक, भुटेको मकै भट्टमास, हरियो मकै, आदीको खाजा लिन सकिन्छ।

एक सभिङ्गको उदाहरणः

–एउटा सग्लो गहूँको पाउरोटी एउटा चाना ।

–मकै भट्टमास, भुटेको गहुँ, भूटेको चना मटर आदि ३० ग्राम ।

–आधाकप (९५ ग्राम) रातो चामलको भात वा कागुनोको भात ।

२. सागपात एवं तरकारी स् चारदेखि पाँच सर्भिङ्ग प्रतिदिन : दाश खानपानमा ज्यादाभन्दा ज्यादा र सबै प्रकारका रङ्गीचङ्गी सागपात एवं तरकारीहरू खान सिफारिस गरिन्छ ।

एक सभिङ्ग साइजको उदाहरणः

–एक कप वा ३० ग्राम पालुङ्गो र साग ।

–आधा कप (४५ ग्राम) काचै खानमिल्ने भए काचो र पकाएर खान पर्ने भए पाकेको ब्रोकाउली, गाजर, स्कुस, टमाटर, चुकन्दर आदि ।

३. फलफूल ४ देखि ५ सर्भिङ्ग प्रतिदिनः

फलफूलको सेवनलाई दाश खानपानमा खुब प्राथमिकता दिइन्छ । फलफूलको हिसाबले अलग अलग फलफूलको अलग अलग सर्भिङ्ग साइजहरू छन् ।

एक सभिङ्ग साइजको उदाहरणः

–एउटा मध्यम आकारको स्याउ

–चौथाई कप (५० ग्राम) सूख्खा खुर्पानी ।

–आधाकप (३० ग्राम) ऐसेलु, आलूबखडा, स्ट्रोबेरी कालो अङ्गूर जस्ता फलफूल ।

४. दूध एवं दुग्ध जन्यपदार्थः दुईदेखि तीन सर्भिङ्ग प्रतिदिन

दाश खानपानमा खाइने दुध एवं दुग्धजन्य पदार्थमा चिल्लोको मात्रा हुनु हुँदैन वा अत्यन्तै कम हुन्छ । यसरी चिल्लो काढिएको दूधलाई स्किम्ड मिल्क भनिन्छ ।

एक सभिङ्ग साईजको उदाहरणः

–एक कप २४० मि.लि. कम चिल्लो भएको दूध ।

–दही खाँदा एक कप २८५ मि.ली. कम चिल्लो भएको दही ।

–पनिर खादाँ ४५ ग्राम पनिर

५. सुख्खा फलफूलः सुख्खा फलफूलमा धेरै चिल्लो हुने हुँदा जथाभावी खानु हुँदैन । हप्ताको ४ देखि पाँच सर्भिङ्ग भन्दा ज्यादा नखाएकै राम्रो । सुख्खा फलफूलहरूमा बदाम, मुङ्गफली, कटुस, ओखर, सूर्यमुखीको बियाँ, आलसको दाना, राजमा, मुसुरो, मटर आदि लिन सकिन्छ ।

एक सभिङ्ग साइजको उदाहरणः

–एक तिहाइ कप ५० ग्राम सुख्खा फलफूल ।

–२ चम्चा ३० ग्राम पिनट बटर ।

–१ चम्चा १५ ग्राम भुटेको आलस ।

–आधाकप ४० ग्राम पकाएको गेडागुडी

तेल, घिउ र चिल्लो पदार्थ उच्च रक्तचापका रोगीलाई धेरै चिल्लो खाने सल्लाह दिइँदैन । खानै पर्दा अन्य चिल्लोपदार्थ छाडेर वनस्पति तेल खानुपर्छ ।

khabarhub.com

  • १३ असार २०७८, आईतवार ०१:२८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    खुसीका लागि मन, शरीर र समाजबीच सन्तुलन हुनुपर्छ : डा. समीम अख्तर
    लागु औषध गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU