रेड पान्डाको छालासहित एक जना पक्राउ
धनगढी । दुर्लभ वन्यजन्तुको चोरी सिकारी र तस्करीको गिरोहमा संलग्न एक व्यक्तिलाई रेड पान्डाको छाला सहित कैलालीको गोदावरी स्थित एक सामुदायिक वनबाट मङ्गलवार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङको बित्थड चिर गाउँपालिका ५ देउलेखका २३ वर्षीय अमर धामी रहेका छन् । उनी बाट प्रहरीको टोलीले एक थान रेड पान्डाको छाला बरामद गरेको हो ।
उनलाई मङ्गलवार बिहान सवा १० बजे कैलालीको गोदावरी नगरपालिका ५ स्थित गेटा सामुदायिक वनबाट रेड पान्डाको छाला सहित नियन्त्रणमा लिइएको सङ्घीय प्रहरी इकाई कार्यालय धनगढी हाल महेन्द्रनगरमा डिएसपी पदमा कार्यरत लक्ष्मण शाहीले बताए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया