बझाङ जिल्ला पुर्ण खोप शुनिश्चितता जिल्ला घोषणा, खोप छुटेका बालबालीकालाई फेला पार्नेलाई २ हजार पुस्कार, "अभिभावक संगै विदेश जाने बालबालीकालाई निगरानीमा राख्न समस्या "
बझाङ । सुदुरपश्चिम प्रदेशको तथा नेपालकै सातौ जिल्लाका रुपमा बझाङ जिल्लालाई पुर्ण खोप शुनिश्चितता जिल्ला घोषणा गरीएको छ । सोमबार एक वृहत कार्यक्रमका विच बझाङलाई सातौ जिल्लाका रुपमा पुर्ण खोप शुनिश्चितता जिल्ला घोषणा गरीएको हो । सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापाले जिल्लालाई पुर्ण खोप शुनिश्चितता जिल्ला घोषणा गर्नु भएको हो ।
स्थानीय स्वामित्व र सहभागीता पुर्ण खोप सुनिश्चितता भन्ने मुल नाराका सात सोमबार बझाङ जिल्लालाई पुर्ण खोप शुनिश्चितता जिल्ला घोषणा गरीएको हो । केही बर्ष पहिला खोप नपाएका कारण दादुरा रुबेला लगायत पोलीयो जस्ता रोगले नाबालकहरुको ज्यान जाने गरेको बझाङमा पछिल्लो समयमा भने बालमृत्युदर घटेको पाईन्छ ।
केही बर्ष अघि यस्ता रोगले समाजमा प्रशय पाएको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ की सानु खड्काले बताउनुभयो। खोप नपाएकै कारण समाजमा कतीपय ब्यक्तीहरुका बंश नै नास भएका छन् खड्काले भन्नुभयो “१३।१४ बालबालीकाहरु पाएर पनि बल्ल तल्ल एक दुई बच्चा मात्रै बच्ने समय थियो । मेरो गाँउको एक जना छिमेकीले ७ सन्तान पाएर पनि बचाउन सकेन अहिले आएर उनको बंश नै नास भएको छ ” अहिलेका जस्तो खोपको ब्यावास्था भैदिएको भए उनका बालबालीका सबै बचाउन सकीले उहाँको भनाई छ । झण्डै आफुलाई समेत दादुरा रोगको सिकार भएको बताउदै बल्ल बल्ल ज्यान बचेको सम्झाना अलिे उनलाई छ । आफु संगा धेरै साथीहरुको दादुरा रोगले ज्यान लिएको बताउदै आफ्ना गाँएका धृेरै जस्ता बालबालीकाहरु पोलीयो रोगको समेत सिकार भएको भए पनि अहिले भने त्यस्तो नरेहेको नेपाल सरकारले खोप संचालनमा ल्याए देखी समाजमा कसैका पनि बालबालीका नमरेको उहाँले दाबी गरीन् ।
बझाङ जिल्लाका जन्मेदेखी २३ महिना उमेर भित्रका ९० प्रतिशत बालबालीकाहरुले खोप पाएका छन् । आफुहरुले खोप लगाउन छुटेका बालबालीकाहरुलाई पनि खोपको दाहेरामा ल्याई उनिहरुको तथ्याङ्क घरघरमा पुगेर आफुहरुले लिने गरेको खप्तडछान्ना गाँउपालिकाका स्वास्थ्य संयोजक ईश्वर भटराईले बताए । यसलाइ निरन्तर दिनका लागी आफुहरु लागी पर्ने बताउदै, उनले गाँउ भन्दा बाहरीर गएका तथा रोजगारीका सिलसिलामा आफ्ना अभिभावकहरु संग विदेशमा नै जाने गरेका बालबालीकाहरुलाई खोप लगाउन छुट्ने र निगरानिमा राख्न पनि आफुहरुलाई समस्या हुने गरेको भटराईको भनाई छ ।
खोप बाट कोही पनि बालबालीकाहरु नछुटुन भन्ने उदेश्यले स्वास्थ्य कार्यलय बझाङले महिला स्वास्थ्य स्वयम् सेविका, तथा स्वास्थ्यकर्मी , स्थानीय तहका मार्फत विभिन्न सचेतना मुलक कार्यक्रम तथा घर दैलो अभियान संचालनमा ल्याएको छ । कोही कसैले एउटा पनि खोप नलगाएका बालबालीकालाई फेला पारेर जानकारी सम्म मात्रै दिन सके जानकारी दिने ब्यक्ती तथा फेला पार्ने ब्याक्तीलाई नगद २ हजार पुरुस्कारको ब्यावस्था गरीएको स्वास्थ्य कार्यलय बझाङले गरेको स्वास्थ्य कार्यलयका कार्यलय प्रमुख भानुभक्त जोशिले बताए । साथै उनले जिल्लामा रहेका १२ वटै स्थानीय तहहरु घोषणा भै सकेपछि सोमबार जिल्ला घोषणा गरीएको हबताउनु भयो । यसलाई निरन्तर दिई राख्नु पर्ने भएका कारण सबै बकालबालीकाहरुलाई खोपको पहुँचमा ल्याउनका लागी जिल्लामा खोप क्लीनीकहरु थप गर्ने, खोप सम्बन्धि सचेतना मुलक कार्यक्रमहरु संचालन गर्ने, स्वाथ्यकर्मीहरलाई समेत खोप सम्बन्धि तालीमको ब्यावस्था मिलाउने जानकारी दिनुभयो । अहिले ९० प्रतिशतले मात्रै खोप पाएका भएपनि असार महिना भित्र १०० प्रतिसत पुर्याउने लक्ष्य स्वास्थ्य कार्यलयले राखेको उहाँको भनाई छ ।
पुर्ण खोप शुनिश्चितता जिल्ला सुदुरपश्चिम प्रदेशको डोटी जिल्ला पहिलो हो । सातौ जिल्लाका रुपमा बझाङ पुर्ण खोप शुनिश्चितता जिल्ला घोषण गरीएको गरीए संगै सुदुरपश्चिम प्रदेशका कैलाली र बाजुरा जिल्ला मात्रै पुर्णखोप शुनिश्चितता जिल्ला घोषणा हुन बाँकी छन् । सबै बालबालीकाहरुले खोप पाउने निश्चित भएपछि बालमृत्युदरमा कमी आउनुका साथै बालबालीकाहरु फुर्तिला पनि रहने छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक






तपाइँको प्रतिक्रिया