भीरबाट खसेर बालिकाको मृत्य
रमित बि.क. बाजुरा असोज १२ । बडिमालिका नगरपालिका–४ मा भीरबाट खसेर एक जना बालिकाको मृत्य’ भएको छ । मृत्य’ हुनेमा बडिमालिका नगरपालिका–४ रिला बस्ने काँशी चदाँराकी १५ वर्षकी छोरी पुजा चदाँरा रहेकी छन् ।
भैंसीका लागि घाँस काट्न गएको बेला गाउँ नजिकैको भाँटीकुणा भीरबाट खसेर उनको मृत्य’ भएको हो । विहान ११ बजेतिर घटना स्थलमै मृत्य’ भएको उनकी दिदी लक्ष्मी बि.क.ले बताएकी छन् ।
नेपाल राष्ट्रिय मावि जडाङ्गमा कक्षा १० अध्ययनरत पुजा विद्यालय नगएर भैसीका लागि घाँस काट्न गएकी थिईन् । घाँस काट्ने क्रममा खुट्टा चिप्लीएर भीरबाट खसेको हुन सक्ने अनुमान गरिएको छ । यहाँका अधिकांश बालबालिका घरको काम अनिवार्य गर्नुपर्ने बाध्यतामा रहेका छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया