सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

१५ गतेदेखि सुपथ पसल, २१ गतेदेखि नयाँ नोट

काठमाडौं – दसैँ नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । बसपार्कमा अग्रिम टिकट बुकिङ गर्नेहरुको घुईंचो बढ्दैछ ।

दसैँको लागि अग्रिम टिकट बुकिङ खुलेपछि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी पनि भैरहेको छ । दसैँको बेला १० प्रतिशत गाडीभाडा बढाएको सरकारले खाद्यान्नमा भने छुट दिने बताएको छ ।

१५ गतेदेखि सुपथ मूल्य पसल
नेपाल खाद्य संस्थानले चाडपर्वलाई लक्षित गर्दै आउँदो १५ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । १२ गतेदेखि सञ्चालन गर्ने भनिए पनि संस्थानको बुधबार बसेको बैठकले १५ गतेदेखि मात्रै सुपथ मूल्य पसल खुलाउने निर्णय गरेको हो ।

चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुमा राहत दिन असोज १५ गतेदेखि कात्तिक २७ गतेसम्म यस्तो पसल सञ्चालन गरिने निर्णय भएको संस्थानका सूचना अधिकारी शंकर सापकोटाले जानकारी दिनुभयो ।

संस्थानले आफ्नो शाखा रामशाहपथ, थापाथली र नख्खुबाट दैनिक उपभोग्य सामग्री बिक्री वितरण गर्ने छ । बुधबार बसेको बैठकले संस्थानले बिक्री गर्ने खाद्यान्नको मूल्य समेत निर्धारण गरेको छ ।

संस्थानले सोना मन्सुली चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएर ४० रुपैयाँ प्रतिकिलो मूल्य निर्धाण गरेको छ ।

यस्तै जीरा मसिनो चामलमा पनि प्रतिकिलो ५ रुपैयाँ छुट दिएर ५५ रुपैयाँ, जापानी चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएर ७५ रुपैयाँ ७५ पैसा बनाइएको छ ।

यस्तै बास्मती चामलमा र गोरखनाथ चामलमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर क्रमशः ८१ रुपैयाँ र ३८ रुपैयाँ कायम गरिएको छ । यस्तै संस्थानले जुम्ली सिमी र जुम्ली फापरमा पनि प्रतिकिलो १० रुपैयाँ छुट दिएर क्रमशः १ सय २० रुपैयाँ र ७० रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

यस्तै साल्ट ट्रेडिङले पनि आफ्ना वस्तुमा छुट दिएको छ । साल्ट ट्रेडिङले नुनमा २ रुपैयाँ छुट गरेर प्रतिकिलो १८ रुपैयाँ, चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिने भएको छ ।

यस्तै दुग्ध विकास संस्थानले पनि आफ्ना उत्पादनमा छुट दिने भएको छ । दुग्ध संस्थानबाट उत्पादित घ्यूमा ५० रुपैयाँ छुट दिँदै ८ सय ५० रुपैयाँ प्रतिकिलो मूलय कायम गरिएको छ । यसअघि घ्यूको प्रतिकिलो मूल्य ९ सय रुपैयाँ थियो । यस्तै पनिरमा पनि १० रुपैयाँ छुट दिँदै ६ सय १० रुपैयाँ प्रतिकिलो मूल्य कायम गरिएको छ । बटर, दही, चिज, लस्सी, आइसक्रिमलगायतका उत्पादनमा पनि छुटको व्यवस्था गरिएको संस्थानले जनाएको छ ।

बुधबार बसेको बैठकले सहकारीमार्फत बिक्री वितरण गर्ने भनिए पनि सहकारीको छनौट भने गर्न नसकेको सापकोटाले बताउनुभयो ।

काठमाडौँ उपत्यकामा झण्डै १२ सहकारी संस्थालाई संस्थानबाट खाद्यान्न उपलब्ध गराई पसल सञ्चालनको जिम्मा दिइने तयारी भए पनि अझैसम्म छनोट भने भइनसकेको उहाँको भनाई छ ।

२१ गतेदेखि नयाँ नोट
नेपाल राष्ट्र बैंकले असोज २१ गतेदेखि नयाँ नोट साट्ने भएको छ । ५, १०, २० र ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट साटिदिने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले बिहीबारदेखि नयाँ नोट वितरण गर्दै छ । बैंक तथा वित्तीय संस्थालाई पहिले नयाँ नोट दिए पनि ती संस्थाले पनि २१ गतेदेखि मात्र सर्वसाधारणलाई वितरण सुरु गर्नेछन् ।

असोज २१ देखि २९ गतेसम्म ५, १०, २० र ५० का दुईरदुई तथा १ सय दरका एक पाकेट सटही गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आफूलाई पायक पर्ने नजिकको बैंकबाट सटही गर्न अनुरोध पनि छ ।

काठमाडौं उपत्यकाभित्र नेपाल बैंकको न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सर्वसाधारणले नयाँ नोट सटही गर्न सक्नेछन् । यस्तै राष्ट्रिय वाणिज्य बैंकको सिहदरबार, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार, नक्सान, कलंकी र बालाजु शाखाबाट र कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भू र मंगलबजार शाखाबाट नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी उपत्यका बाहिरका उपभोक्ताले पनि असोज २१ देखि नै नयाँ नोट सटही सुविधा पाउनेछन् । काठमाडौं बाहिर राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीस्थित क्षेत्रीय कार्यालयहरूबाट तथा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकहरूको शाखाबाट नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

अनावश्यक रूपमा नयाँ नोट नलिन र लिएका नोटहरू पनि हिफाजत गर्न राष्ट्र बैंकले सबैसँग अनुरोध गरेको छ ।
उज्यालो अनलायनबाट साभार

  • ११ आश्विन २०७५, बिहीबार ०६:०४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU