लागु औषध चरेशको कारोबारी र चितुवाको छाला र हड्डी कारोवारी री ४ जना पक्राउ
धनगढी । बिहिबार राती लागु औषध चरेशको कारोबार भई रहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली गोदावरी नगरपालीका चडा नम्बर २ अत्तरिया बजार पहाड रोडमा चेकजाँच गर्दा लागु औषध ३३० ग्राम चरेश र नगद रु १,१२,३श५ एक लाख बाह्र हजार तिन सय पच्चिस सहित तोरण प्रसाद जोशीलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको छ । यसै गरी चितुवाको छाला र हड्डी सहित सुक्रबार बिहान गोदावरी नगरपालीकाकै वडा नम्बर २ अत्तरिया बजारमा चितुवाको छाला र हड्डी ३ जनालाई पक्राउ गरेको छ । कारोबार भई रहेको भन्ने सुचनाको आधारमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिट प्वाईन्ट होटलबाट किरन पुनलाई चितुवाको छाला थान १, हड्डी थान २ अनुसन्धानको क्रममा घटना संलग्न दुई जनालाई सहित ३ जनालाई पक्राउ गरी आवश्यक कारबाही लागी चितुवा छाला, हड्डी र मानिसहरु आजै डिभिजन वन कार्यालय धनगढी कैलालीमा पठाईएको छ।
डोटी जोरायल गाउँपालीका वडा नम्बर ४ बस्ने बर्ष ३१ को किरन पुन‚ डोटी जिल्लाकै आदर्श गाउँपालीका वडा नम्बर ५ लामीखाल बस्ने बर्ष ३५ को बिर बहादुर धामी र बर्ष २२ को योगेन्द्र धामीलाई अनुसन्धानका लागि पक्राउ गरी डिभिजन बन कार्यालयमा बुझाईएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले जनाएका छन ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक







तपाइँको प्रतिक्रिया