सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

याक नेपालको १६ औँ बार्षिक साधारण सभा सम्पन्न

मंसिर ३०, धनगढी । परिवर्तनका लागि कार्यरत युवा समुह नेपाल (याक नेपाल) १६ औं बार्षिक साधारण सभा धनगढीमा सम्पन्न भएको छ ।
याक नेपालका अध्यक्ष धनबहादुर रावलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा याक नेपालका संस्थापक तथा सल्लाहकार समिति संयोजक बलबहादुर रोकाया प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा याक नेपालका महासचिव हृदय पुजाराले संस्थाका संस्थागत प्रगति प्रस्तुत गर्दै संस्थाको उद्देश्य, साझेदारी सस्था संगको समन्वय र सहकार्यको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
यसैगरि याक नेपालका कार्यकारी निर्देशक डबल बमले परियोजनाको प्रस्तुतीकरण गर्दै आर्थिक बर्ष २०७६÷०७७ मा गरिएका कार्यक्रम, कार्यक्रम कार्यान्वयनको अवस्था, कार्यक्रम सञ्चालन गर्दा देखिएका चुनौती, तथा आगामी चालु आर्थिक बर्षमा गरिने कार्यक्रमका बारेमा तयार पारिएको कार्यक्रम प्रस्तुत गरेका थिए भने संस्थाकी कोषाध्यक्ष संगिता अधिकारीले संस्थाको लेखा परिक्षण तथा अनुमानित आगामी आर्थिक बर्षको बजेट तथा योजनाका बारेमा कार्यपत्र प्रस्तुत गरिन् ।
संस्थाकी उपाध्यक्ष सुलोचना कडायतले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम सञ्चालन महासचिव हृदय पुजाराले गरेका थिए । याक नेपालको बन्द सत्र पनि मंगलबारनै सम्पन्न भएको महासचिव हृदय पुजाराले बताए ।
इाक नेपालले खाद्य अधिकार हनन् भएका समुदायको सशक्तिकरण, सेवा प्रदायक निकायको उत्तरदायित्व प्रवद्र्धन, नागरिक समाजको क्षमता विकास, सञ्जालिकरण र पैरवीका लागि सहकार्य लगायतका काम गर्दै आईरहेको छ ।

  • १ पुष २०७७, बुधबार ०२:५८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU