स्थानीयले बलात्कार आरोपीको घरमा लगाएको आगो प्रहरीलाई समेत निभाउन दिएनन्, स्थिति तनावग्रस्त
महोत्तरी । महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका युवकको घरमा स्थानीयले लगाएको आगो प्रहरीलाई समेत निभाउन दिएका छैनन्।
मंगलबार बिहान स्थानीयले बलात्कारका आरोपी स्थानीय २५ वर्षीय अरुण कुमार साहको घरमा स्थानीयले आगो लगाएका थिए। आगोले पुरै घर ध्वस्त हुने अवस्थामा पुगेपछि नियन्त्रणका लागि पुगेका प्रहरीलाई स्थानीयले रोकेका हुन्।
किराना पसल समेत रहेको उक्त घरमा विहानैदेखि आगो दन्किरहेको छ। अहिले पनि स्थानीयले ढुंगामुढा गर्दै बर्दिबासमा प्रदर्शन गरिरहेका छन्। स्थिति नियन्त्रमा लिन प्रहरीले दर्जनौ सेल अश्रु ग्यास प्रहार गरे पनि नियन्त्रणमा आउन सकेको छैन।
बालिका गुलाबलाई साहले बलात्कारपश्चात हत्या गरी बोरामा राखेर फालेको स्थानीय र प्रहरीको अनुमान छ।
नेपाल खबरबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया