सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

प्रेमिका भेट्न डाक्टरले गरे श्रीमतीसँग अपहरणको नाटक

काठमाडौं, १० असोज । मंगलबार साँझ ७ बजेतिर सिरहा प्रहरीमा एक महिलाले फोन गरिन्। डाक्टर सुवास बनैता यादवकी श्रीमतीले फोनमा भनिन्( मेरा श्रीमानलाई ४र५ जना अज्ञात व्यक्तिले सेतो गाडीमा जबर्जस्ती उठाएर लिए।

उनको फोनपछि प्रहरीले अपहरणमा परेका भनिएका डाक्टरको हुलिया राजमार्गदेखि सीमा सुरक्षामा खटिएका प्रहरीलाई जानकारी गरायो।

अपहरित डाक्टर खोज्न चारैतिर प्रहरी परिचालित भयो। रातको २ बजेसम्म प्रहरीले राजमार्गमा गुड्ने गाडीदेखि सीमानामा खोजी थालियो। तर उनी कतै भेटिएनन्।

प्रहरीले उनको हुलिया लिएर सर्लाहीमा पनि खोजी गर्‍यो। राति २ बजे नवलपुरमा म २ प ८२८६ नम्बरको मोटरसाइकलको पछाडि बसेका व्यक्तिसँग उनको हुलिया मिल्यो।

सुरूमा त उनले प्रहरीसँग आफ्नो परिचय लुकाउन प्रयास गरे। केही समय उनले आफू त्यो मान्छे नभएको जिकीर गरे। उनले भाग्न पनि प्रयास गरे। प्रहरीले सोधे( तपाईंकी श्रीमतीले अपहरणमा परे भन्दै फोन गर्नु भएकोछ।

उनले भने( त्यो गलत खबर हो म काममा हिँडेको हुँ। प्रहरीको लामै केरकारपछि अपहरणमा परेका भनिएका डाक्टर उनै भएको पुष्टि भयो। नवलपुर प्रहरीले उनलाई लहान प्रहरीको जिम्मा लगायो।

अहिले डाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको सिरहा प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए।

‘उहाँकी श्रीमतीले श्रीमान अपहरणमा परे भन्दै प्रहरीमा खबर गर्नुभयो,’ एसपी श्रेष्ठले भने, ‘ प्रहरीसँग डाक्टरले आफूखुसी हिँडेको र कसैले अपहरणमा नगरेको बताउनुभएको छ। हामी अनुसन्धान गर्दैछौं।

अपहरणमा परेका भनिएका डाक्टर प्रेमिका भेट्न हेटौंडा जान लागेको प्रहरी अनुधानबाट खुलेको छ। प्रहरीका अनुसार उनी केही महिनाअघिसम्म हेटौंडास्थित एक सहकारी अस्पतालमा काम गर्थे। अस्पतालमै एक युवतीसँग उनको प्रेम गाँसियो।

त्यो कुरा परिवारलाई थाहा भयो र उनलाई हेटौंडाबाट लहान लगियो।

प्रेमिका भेट्न उनले अपहरणको नाटक रचेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

  • १० आश्विन २०७५, बुधबार ०५:२१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU