सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

निर्मला घटनाका आशंकितको सूचीसहितको प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

काठमाडौँ ९असोज । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका आशंकितहरुको सूचीसहितको बिस्तृत छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको छ।

मन्त्रालयले भदौ ७ मा सहसचिव हरिप्रसाद मैनालीको संयोजक्तमा गठित छानबिन समितिले घटनाको वस्तुस्थिति, स्थानीयको भनाई, प्रहरी अनुसन्धानमा भेटिएको कैफियत र अनुसन्धानमा आएका आशंकितहरुको विवरणसहितको प्रतिवेदन मंगलबार गृहमन्त्री रामबहादुर थापा बादललाई बुझाएको हो।

प्रतिवेदन बुझ्दै मन्त्री थापाले प्रतिवेदनको पूर्ण कार्यन्वयन हुने बताए।

समितिले यसअघि भदौ ३० गते गृहलाई प्रारम्भिक प्रतिवेदन बुझाएको थियो। त्यसमा प्रहरीको कमजोरी रहेको औंल्याएपछि अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरिएको थियो। समितिले अनुसन्धानमा देखिएका सबै कुरा प्रतिवेदनमा उल्लेख गरेको बताएको छ।

यसअघि समितिका एक जना सदस्य वीरेन्द्र केसीले निर्मलाका हत्यारा शत्तिशाली भएको दाबी गर्दै आफ्नो ज्यान अशुरक्षित भएको भन्दै राजीनामा दिएका थिए। त्यस क्रममा उनले निर्मलाको हत्याराबारे सबै कुरा बताउँदा समाजमा अशान्ति हुनसक्ने पनि बताएका थिए।

पछि ‘राजनीतिक दबाब’मा उनले राजीनामा फिर्ता लिएर पुनः समितिमा फर्किएका थिए।

भीमदत्त नगरपालिका २ उल्टाखामकी पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो। उनको शव स्थानीयले ११ गते गाउँ नजिकैको उखुबारीमा उनको शव फेला पारेका थिए।

निर्मलाको बलात्कार पछि हत्या भएको घटनाको करिब दुर्इ महिना पुग्नलाग्दा र थुप्रै समिति बनिसक्दासमेत हत्यारा पत्त्ता लाग्न सकेको छैन। हत्यारा पत्ता लगाउन महेन्द्रनगरमा भएको आन्दोलनमा १३ वर्षीय बालक सनि खुनाले ज्यान गुमाउनुका साथै कैयौ‌ं घाइते छन्।

  • ९ आश्विन २०७५, मंगलवार १०:४६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU