सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बाजुरामा अनन्ते मेलाको रौनक सुरु

रमित बि.क.बाजुरा ८ असोज ।  जिल्लामा आजबाट अन्नते मेलाको रौनक बढेको छ । भाद्र पूर्णिमाको दिनबाट सुरु हुने अनन्ते स्थानीयले विशेष महत्वका साथ मनाउने गर्दछन् ।
दशै र तिहार पछिको दोस्रो ठुलोे पर्वका रुपमा मानिने अनन्ते मेला तीन देखि पाँच दिन सम्म खेल्ने गरिन्छ । अनन्ते रातदिन आ–आफ्नै शैली र परम्परा झल्कीने गरी खेल्ने गरीन्छ ।महाभारतमा कौरव सँगको लडाईमा पाण्डवहरुले गरेको विजय प्राप्तिको खुसयालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले मनाउने विजय उत्सवको रुपमा यो पर्व हरेक वर्ष मनाउने परम्परा रहेको छ ।


अनन्ते सत्यको विजय भएको दिनको सम्झनामा मनाउने गरिन्छ । मेला अवधीभर लाखेनाच, माँगल, पाण्डवहरुको युद्ध कौशल,लडाईको युद्ध नीतिका बारेमा चर्चा परिचर्चा गर्ने गरिएको स्थानीय मोति उखेडाले बताए । अन्यायको अन्त्य भन्ने शब्द अप्रभंस भएर अनन्ते शब्दको उत्पति भएको किवदन्ति रहेको छ ।
ब्रतवन्दमा अनन्तः धारण गर्ने परम्परा रहेकोले यो पर्व पूर्णिमाकोे दिनबाट सुरु गरेर भगवानको भजन कृतन र महापुरुषले गरेका कल्याणकारी कार्यलाई समुदाय बीच गीत गाथाको माध्यमद्धारा सुसुचित गरिने परम्परा रहेको स्थानीय बुद्धिजीवि समेत रहेका उखेडाको भनाई रहेको छ ।
अनन्ते मेला अवधीभर मागल र गीत गाएर महाभारतको युद्धमा कौरव र पाण्डव बीचको युद्ध संवाद,योद्धाले देखाएको युद्ध कुशलता जस्ता कार्यको वर्णन गरेको पाइन्छ ।

स्थानीय लोक सँस्कृति र जिल्लाको पहिचान स्वरुप मनाइने अनन्ते मेला जिल्लाका साविकका गाविसहरु मार्तडी,जुगाडा,आटीचौर,बुढीगंगा,बाह्रविस लगाएत एक दर्जन बढी क्षेत्र धुमधामका साथ मनाइने गरिन्छ ।
देउडा साँस्कृतिको जगेर्ना, आफन्तसँगको भेटघाट र मित्रताको सुरुवादको संकेतका रुपमा पनि यस पर्वलाई मनाउने गरिएको स्थानीय बासीले बताउने गरेका छन् ।

मेलाको अवसर पारेर यतिखेर छिमेकी गाविस,लेक खर्क बेशीबाट आफन्त,गोठाला,विद्यार्थी र कर्मचारी एकै ठाँउमा जम्मा भएका छन् ।

  • ९ आश्विन २०७५, मंगलवार ०४:१० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU