सुजुकी बाईकमा १५ हजारको छुट
धनगढी । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजि अटोमोबाईल्स प्राईभेट लिमिटेड र कैलालीका लागि आधिकारिक बिक्रेता पश्चिम नेपाल सप्लायर्सले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै कोरोना विशेष स्किमको घोषणा गरेको छ।
बिगत ३ महिना बाट लकडाउनले पारेको आर्थिक असरलाई केही सहज मिलोस भन्ने हेतुले ूउतार चडाब आईरहन्छ, सुजुकी साथ रहिरहन्छू भन्ने मुल नारा राखेर प्रत्येक मोटरसाईकल तथा स्कुटरको खरिदमा नगद १५ हजार छुट राखेको पश्चिम नेपाल सप्लायर्सका संचालक महेन्द्र सिंहले जानकारी दिए।
कम्पनीले अगाडि सारेको स्किम यहि असार १ गते देखि ३१ गते सम्म नेपालभरका सम्पूर्ण शाखाहरु बाट प्राप्त गर्न सकिनेछ। यस अवधीमा फाईनान्स, एक्सचेञ्ज मा समेत यो स्किम लागू गरिएको सोरुम ईन्चार्ज लोकेश ओझाले जानकारी दिए।
सुजुकिका जिक्सर २५० सिरिज, जिक्सर १५० सिरिज, ईन्ट्रुडर तथा हयाते बाईक छन भने स्कुटर तर्फ बर्गम्यान, एक्सेस तथा लेट्स रहेका छन। नेपालमा जिक्सर भेरियन्ट युवा पुस्ताले निकै रुचाईएको बाईकमा पर्दछ भने १ बर्ष अगाडि मात्र नेपाली बजारमा बिक्रि सुरु भएको बर्गम्यान म्याक्सि स्कुटर भएकै कारण पनि लोकप्रिय रहेको छ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक






तपाइँको प्रतिक्रिया