युएनएफपिए द्धारा बझाङका नौ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री हस्तान्त्रण

डीबी विष्ट, बझाङ । युएनएफपिए द्धारा बझाङ जिल्लाका नौ वटा स्वास्थ्य संस्था लाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको छ । युएनएफपिए जिल्ला संयोजक धन बहादुर लम्सालले जिल्ला स्वास्थ्य कार्यलयका कार्यलय प्रमुख भानुभक्त जोशिलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको हो ।
जिल्ला अस्पताल लगायका ९ वटा स्वास्थ्य संस्थाहरुलाई युएनएफपिए तथा जपाईगोको आर्थिक सहयोगमा सर्जिकल गोलोब्स्, डीस्पोजल गोलब्स्, लिकुट सब, पेपर टाबेल, गगल्स,प्लाष्टिकको एप्रोन, थर्मोगन, डीस्पोजल क्याप, लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएको यु।एन।एफ।पि।ए।का जिल्ला संयोजक धन बहादुर लम्सालले बताउनु भयो । माहामारीको यो समयमा स्वास्थ्यकर्मीहरु निकै जोखीममा रहेको कुरालाई मध्यनजर गर्दै जिल्लामा रहेका ९ वटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गरिएको उनले बताए ।
स्वास्थ्य सामाग्री बुझ्दै जिल्ला स्वास्थ्य कार्यलयका कार्यलय प्रमुख भानुभक्त जोशिले यो सहयोगले स्वास्थ्य कर्मीहरुलाई थप हौसला मिल्ने जानकारि दिए । अहिले उक्त स्वास्थ्य सामाग्रीहरु अति नै आवष्यक परेको बताउदै त्यही अनुसार प्रयोग गरिने समेत उहाँले बताए ।
यता जिल्ला अस्पतालका कार्यलय पुमुख डाक्टर सन्दिप ओखेडाले आफुहरुलाई यस्ता स्वास्थ्य सामाग्रीहरु नभई नहुने भन्दै सहयोगीहरुलाई धन्यबाद दिएका छन् ।
क्वारेन्टाईनमा बसेका गर्भवती, सुत्केरी र किशोरीहरुलाई समेत स्वास्थ्य सामाग्री हस्तान्त्रण
जिल्लाका विभिन्न क्वारेन्टाईनमा बसेका किशोरी, गर्भवती र सुत्केरी महिलाहरुलाई समेत युएनएफपिएको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाँउपालिका,थलारा गाँउपालिका र बुंगल नगरपालिकमा रहेका गर्भवती, सुत्केरी महिलाहरु र किशोरीहरुलाई सेनेटरी प्याड, ताबेल, म्याक्सी, सरसफाईका सामाग्री, टर्चलाईट, लगायतका अति आवष्यक स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको यु।एन।एफ।पि।ए जिल्ला संयोजक लम्सालले जानकारि दिनु भयो ।
अहिले सम्म खप्तडछान्ना गाँउपलिकाका विभिन्न क्वारेन्टाईनमा रहेका ८ जना किशोरी र १५ जना सुत्केरी तथा गर्भवती महिलाहरुलाई सामाग्री हस्तान्त्रण गरिएको खप्तड छान्ना गाँउपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले बताउनु भयो । यो सहयोगले महिलाहरुलाई ठुलो फाईदा पुग्ने विश्वास उहाँको छ । महिनावारी हुँदा समस्यामा परेका किशोरी र महिलाहरुलाई यसले राहात पुर्याएको रोकायाले बताउनु भयो । यस्तै कतीपय क्वारेन्टाईनहरुमा बत्ती नभएका कारण टर्चलाईट ले पनी ठुलो सहयोग पुगेको उहाँको भनाई छ । साथै उहाँले सहयोगी एनजीओ तथा आईएनजीयोलाई धन्यबाद समेत ज्ञापन गर्नु भएको छ ।
उक्त स्वास्थ्य सामाग्रीहरु थलारा गाँउपालिकाका क्वारेन्टाईनमा बसेका ३० जना महिलाहरुलाई , बुंगल नगरपालिकामा १०, जयपृथ्वी जगरपालिकामा ८, सुर्मा गाँउपालिकामा ३ र सेफ हाउस २ वटा गरि जम्मा ७३ जना किशोरी , सुत्केरी तथा गर्भवती महिलाहरुलाई हस्तान्त्रण गरिएको नेपाल रेडक्रस सोसाईटी बझाङका मन्त्रि ईश्वरनाथ जोशिले दिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक






तपाइँको प्रतिक्रिया