निर्मला वागचन्द प्रदेश सदस्यमा मनोनयन
विवेकशील साझा पार्टि प्रदेश मिति २०७५/०४/२२ गते बसेको बैठकले प्रदेश नं. ७ को सदस्यमा निर्मला वागचन्द र नन्दराज अवस्थीलार्इ मनोनित गरेको छ । निर्मला वागचन्द सामाजिक क्षेत्रमा क्रियाशिल नेत्री हुन । वहाँ महिला मानव अधिकार रक्षक संजालकी जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य लगाएतका विभिन्न सामाजिक सघ संस्थाहरुमा सक्रिय हुनुहुन्छ ।
नन्दराज अवस्थी save the children का अवकास प्राप्त लेखा अधिकृत हुन । उनी दार्चुलाबाट प्रतिनिधित्व गर्ने पार्टीले जनाएको छ ।
त्यसै गरी उक्त पार्टिको कैलाली जिल्ला कार्य समिति पनि बिस्तार तथा फेरबदल गरिएको जनार्इएको छ । जिल्ला कार्य समितिमा पदम राज भट्ट सचिब र रमेश ढाँट, संगीता श्रेष्ठ र रमा भटरार्इ सदस्यमा मनोनित भएको जनार्इएको छ । रमा भटरार्इ नारी उत्थान मञ्चकी महा-सचिव, महिला मानव अधिकारकर्मी र मर्नीङ्ग बेल राष्ट्रिय दैनिक पत्रिकाकी प्रकाशक हुन ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया