बझाङमा लकडाउन उलंघन गरी मेला संचालन गर्नेलाई कैद अनुसारको जरिवाना
डीबी विष्ट, बझाङ । बझाङको छविसपाथिभेरा गाँउपालिकामा लाग्ने प्रशिद्ध धार्मीक मेला बान्नीकी चैतली संचालन गरेको आरोप लागेका जनप्रतिनिधी, पुजारी र मन्दिर संरक्षण समितीका पदाधिकारीहरु सहति ९ जनालाई कारवाही गरीएको छ । संक्रमण रोग नियन्त्रण तथा रोगथाम ऐन २०२० को दफा २ को दफा ३ अनुसार ९ जनालाई नै कारबाही गरेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।
सबै भन्दा बढी सजायका भागेदार छविसपाथिभेरा गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष विकास ऐडी, वडा नम्बर ३ का वडा अध्यक्ष केशबराज जोशी, वडा नम्बर ४ का वडा अध्यक्ष अम्मरराज थापालाई गरिएको छ । लकडाउन उलंघन गरेको आरोपमा उनिहरुलाई एक महिना कैद र एक सय जरिवाना गरीएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । तर २०७५ भदौको फौजदारी ऐन अनुसार एक बर्ष भन्दा कम कैद भएका ब्यक्तीहरुले प्रतिदिन ३ सय तिर्न सके कैद भुक्तान नगर्नु पर्ने व्यवस्था भएका कारण सोही अनुसार तिनै जना वडा अध्यक्षलाई एक महिना बराबरको प्रति दिन ३ सयका दरले ९ हजार र थप एक सय जरिवाना तिरेर छुटेको प्रजिअ पाण्डेले बताए । यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष तथा गाँउपािलकाका प्रबक्ता लोकेन्द्र बहादुर ठगुन्ना र मन्दिर संरक्षण समितीका सचिब राजेन्द्र बहादुर सहिँको भने मेला संचालनमा संग्लग्नता कमा देखीएको भन्दै ७ दिन बराबरको कैद र एक सय जरिवान सहित रु २ हजार २ सय जरिवाना गरीएको छ् ।
यस्तै उनीहरु संगै पक्राउ परेका बान्नि मष्टा मन्दिरका पुजारी निर्प प्रसाद जोशि र उनका दुईजना सहयोगी फुलपाते पण्डीत डम्बर बहादुर धामी , पुजारी जयकृष्ण जोशि र स्थानीय रजबार ईन्द्र बहादुर सिहँको मेलासंचालनमा खास्सै भुमिका नदेखीएका कारण एक सय जरिवाना गरि छुटेका प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारि दिनुभयो । आफुले नियमविपरित जाने सबैलाई कारबाही गरीने बताउँदै प्रजिअ पाण्डेले लकडाउन उलंघन गर्ने सबैलाई नियम अनुसार हदै सम्मको कार्वाहीगर्ने बताए । साथै कोही कसैले पनि सरकारले लागु गरेको लकडाउनको उलंघन नगर्न उनले अनुरोध समेत गरे ।
कोरोनाको त्रासमा देश नै लकडाउनमा गएको समयमा भने यहाँका स्थानीय बासिन्दाले लकडाउनको बेवास्था गर्दै चैत २४ गते सयौको संख्यामा मेला सम्पन्न गरेका थिए । बझाङको छबिस पाथिभेरा गाँउपालिका वडा न। ३ को बान्नीचौरमा चैतली मेला लागेको थियो । साही आरोपमा यहाँ जनप्रतिनीधी संगै पुजारीहरुलाई नियन्त्रणमा लिई आवष्यक कार्र्वाही गरेको जनाईएको छ । यता यहाँ जनप्रतिनीधीहरुले भने मेला संचालन नगर्ने भनेर छविसपाथीभेरा गाँउपालीकाले समेत सार्वजनीक रुपमा र विभिन्न संचार माद्यामहरुमा जानकारि गराएको भए पनि सो बेवास्था गर्दै यहाँका स्थानीय बासिन्दा नै स्वस्फुर्थ रुपमा मेलामा पुगेर मेला गरिएको र आफुहरुले चाहेर पनी स्थानीय बासिन्दालाई रोक्न नसकेको बताएका छन् । प्रहरी प्रशासनको उक्त ठाँउमा सहभागी नभएका कारण मेलामा धेरै स्थानीयबको सहभागीता रहेको उनिहरुको भनाई छ ।
मेला लाग्ने दिन घरमा कोही ब्यक्तीको मृत्यु भए पनि मृतक सबलाई घरमा नै राखेर मेला सम्पन्न पश्चात मात्रै दाहसंस्कार गर्ने परम्परा रहेका कारण पनि लकडाउनको बेलामा आफुहरुले स्थानीयलाई रोक्न नसकेको जनप्रतिनीधीहरुको भनाई छ ।
हरेक बर्षको चैत्र शुक्ल त्रेयोदशीका दिन मनाईने बान्नीको चैतली यस बर्ष चैत्र २४ गते परेको थियो ।
सरकारले बैशाख ३ गतेसम्म लकडाउन घोषणा गरी कुनै पनी कार्यक्रम नगर्न तथा सभा सम्मेलन, अनाआबश्यक भिडभाड गर्नमा रोक लगाएको भएपनि छविसपाथिभेरा गाँउपालिका वडा नं। ३ मा मनाइने बान्नीकी चैतलीमा भने स्थानियहरुको घुईचो नै लागेको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक






तपाइँको प्रतिक्रिया