सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

जिल्ला कारागार बझाङमा दुई बर्ष देखि स्वास्थ्यक्रमी अभाव, कैदी बन्दी निजी मेडीकलमा उपचार गराउन ब्याध्य

डीबी विष्ट असोज २ बझाङ । कारागारमा रहेका कैदीहरुको उपचारका लागी बझाङ कारागारमा स्वास्थ्यर्मीको दरबन्दी भएपनि दुई बर्ष देखि कर्मचारी अभाब हुदा कारगारमा रहेका बिरामी कैदी लाई समस्या हुने गरेको छ । कारागारमा नियमित स्वास्थ्यर्मी नबस्दा बिरामी कैदीहरु लाई बिरामी भएका बेला उपचारका लागी कारागार बाहिर लिन झञ्झट हुने गरेको छ ।


कैदीको उपचारका लाई नेपाल सरकारले सिनियर अहेबको दरबन्दी सिर्जना गरि उपचारमा समेत सहज होस भन्ने उदेस्य राखेको भएता पनि स्वास्थ्यकर्मी अभावका कारण कारागारमा रहेका कैदीहरु लाई समस्या हुदै आएको हो । दुई बर्ष अगाडी ं कारागारमा रहेका हेल्थ असिस्टेन्ट सेते नेपाली सरुवा भएर डोटी जिल्ला गए देखि कारागारमा स्वास्थ्यकर्मीको हाल सम्म नपठाएको कारागारका जेलर राजेन्द्र बहादुर बोहराले बताउनु भयो । कारगारमा कैदीहरुको उपचारमा निकै नै समस्या हुने गरेको छ । अहिले त जेन तेन जिल्ला अस्पताल बाट स्वास्थ्यकर्मी बोलाएर र विरामी भए निजि तथा जिल्ला अस्पतालमा कैदी लिएर उपचार गराउनु पर्ने बाध्यता रहेको पनि बोहराले बताउनु भयो । लामो समय देखि जिल्ला कारागारमा कर्मचारी अभाब भएको भन्दै बारम्बार केन्द्रमा जानकारी गराएको भएपनि हाल सम्म समस्या समाधान नभएको समेत जेलेर बोहोराको भनाई छ ।
जिल्ला कारागारमा रहेका कैदीहरु लाई उपचारका लागी भन्दै जिल्ला स्वास्थ्य कार्यालय लिनका लागी वाटोमा सुरक्षा चुनौती समेत रहेको छ । कारागार भित्रै कैदीहरुको सामान्य उपचारका लागी राज्यले ब्यबस्था गरेको भएपनि कर्मचारी अभावका कारण बझाङ कारागारमा रहेका कैदीहरुले भने अनाबस्यक झमेला साथै निजि मेडिकलमा उपचारका लागी आफ्नै रकम खर्च हुने गरेको कैदीहरुको भनाई छ ।
कारागार भित्रै उपचारको ब्यबस्था भए राम्रो तथा सहज हुने कारागारका कैदीहरुको भनाई छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर अनुप रेग्मीले कारागारमा स्वास्थ्यक्रर्मी पठाउने काम बिभागको भएको बताउदै आफुहरुले आबस्यकता अनुसार चेकजाँचमा सहयोग गरेको बताउनु भयो । उहाँले पटक पटक सामान्य उपचारका लागी कैदीहरु जिल्ला अस्पतालमा ल्याउने गरेको हुदाँ कारागारमा स्वास्थय कमी हुनु आवस्यक भएको पनि बताए । कैदीहरुमा झाडापखाला , टाउको दुख्ने , पेट दुख्ने , रुगाखोकी लाग्ने जरो आउने लगायतका समस्या हुने गरेको छ ।
२५ जना कैदी रहेको जिल्ला कारागार बझाडमा हाल अभियुत्त थुनुवा सहित ५६ जना कैदी रहेका छन् । यता साहायक प्रमुख जिल्ला अधिकारी शिबराज जोशीले पनि कारागार स्वास्थ्यकर्मीको नियमितताको लागी आफुले पनि पहल गर्ने वताउनु भयो । यो विषयमा कसैले पनी चाँसो नदीएको जेलर बोहराले बताउनु भएको छ ।

  • २ आश्विन २०७५, मंगलवार ०४:५६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU