दारी ग्याङ धनगढी द्धारा दृष्टि फाउण्डेसनलाई आर्थिक सहयोग
धनगढी । सामाजिक कार्यमा सक्रिय दारी ग्याङ धनगढीले दृष्टि फाउण्डेसनलाई आर्थिक सहयोग गरेको छ । अज्ञात समुहले दृष्टि फाउण्डेसनको स्कुटरमाथि आगजनी गरेपछि नयाँ खरिदका लागि सहयोग पुगोस् भन्ने उदेश्यले पाँच हजार नगद सहयोग गरेको दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराले बताए ।
फाउन्डेसनको लागि सवारी साधन आवश्यक पर्ने भएकाले नयाँ सवारी साधन किन्नमा सहयोग होस भन्दै दारी ग्याङ धनगढी को आकस्मिक अक्षयकोष बाट सो रकम सहयोग गरेको उनले बताए ।
बुधबार राती फाउण्डेसनको से ७ प २१८२ नम्वरको स्कुटरमाथि आगजनी भएको थियो। आगजनी कसले र किन गर्यो भन्ने खुलेको छैन्।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक






तपाइँको प्रतिक्रिया