नेपालका नयाँ अमेरिकी राजदूत बेरी समलिङ्गी
काठमाडौं २५ भाद्र । नेपालका लागि नियुक्त नयाँ अमेरिकी राजदूत रÞ्याडी बेरीले सिनेटमा नेपालको स्थिरता र अमेरिकाको सुरक्षाका लागि काम गर्ने बताएका छन्।
सन् २००७ देखि २००९ सम्म नेपालस्थित अमेरिकी दुतावासमा डिपुटी चिफ अफ मिसन रहेका बेरीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले राजदूत नियुक्त गरेपछि सिनेटले अनुमोदन गरेको छ।
बेरी समलिंगी हुन् र सन् २०१५ मा तत्कालीन अमेरिकी विदेशमन्त्री जोन केरीले उनलाई समलिंगी अधिकार प्रवर्द्धनका लागि पहिलो विशेष दूत नियुक्त गरेका थिए।
त्यसबेला उनी एम्स्ट्रेडममा अमेरिकी काउन्सिलर जनरल थिए। नेपालमा राजदूत नियुक्त हुनुअघि बेरी अमेरिकी विदेश मन्त्रालयअन्तर्गत प्रजातन्त्र, मानवअधिकार र मजदुर ब्युरोका उपसहायक मन्त्री थिए।
यसअघि उनले बंगलादेश, न्युजिल्यान्ड, इजिप्ट, युगान्डा, दक्षिण अफ्रिकास्थित अमेरिकी मिसनहरूमा रहेर विभिन्न जिम्मेवारीमा काम गरिसकेका छन्। बेरी स्पेनिस र अरबिक भाषामा समेत दक्खल राख्छन्।
सिनेटको सुनुवाइका क्रममा बेरीले चुनावपछि नेपाल ‘टर्निङ प्वाइन्ट’ मा रहेको भन्दै स्थायित्वका लागि काम गर्ने बताएका छन्। उनले भनेका छन्, ‘स्थिर, सुरक्षित, प्रजातान्त्रिक र सार्वभौम नेपाललाई सहयोग गरेर अमेरिकी सुरक्षालाई प्रवर्द्धन गर्न काम गर्नेर्छु।’
त्यसैगरी उनले अमेरिकाले अघि सारेको ‘इन्डो प्यासेफिक रणनीति’ लाई सहयोग पुग्ने गरी गर्ने बताएका छन्। त्यसका लागि अन्तर क्षेत्रीय आर्थिक तथा सुरक्षा सम्बन्धलाई सशक्त बनाउने आफ्नो योजना उनले सिनेटमा बताएका थिए।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया