बालविवाह न्युनीकरण गर्न सडक नाटक प्रदर्शन

मञ्जु कल्याल, दार्चुला । मालिकार्जन गाउँपालिकामा बालविबाह न्युनीकरणका लागि सडक नाटक प्रदर्शन गरिएको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ स्थित मालिकार्जुन माध्यामिक विद्यालयमा मड प्रेमनगरमा बाल विबाह न्युनीकरणका लागि सडक नाटक प्रदर्शन गरिएको हो ।
पछिल्लो समय बाल विबाह बढ्दै गएकाले जनचेतनामुलक सडक नाटक प्रर्दशन गरी बाल विबाहलाई निरुत्साहित गरी बाल विबाह न्युनीकरण गर्ने उद्देश्यले सडक नाटक प्रदर्शन गरिएको हो । सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुला अन्तरगत रहेको गुड नेइभर्स इन्टरनेशनल नेपाल दार्चुलाको आयोजना तथा सिआरडिएसको समन्वयमा सडक नाटक प्रदर्शन गरिएको हो ।

मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ स्थित मावि मड प्रेमनगरमा सडक नाटक प्रदर्शन गरिएको गुड नेइभर इन्टरनेशनल नेपाल दार्चुलाले जनाएको छ । शैल्यशिखर बाल क्बलले सडक नाटक प्रदर्शन गरेका हुन् । मालिकार्जन गाउँपालिकाका वडा अध्यक्ष रुदेसिंह धामी सहित उक्त सडक नाटकमा १ सय ४५ जनाको सहभागीता रहेको जिएनआई सामुदायिक विकास परियोजनाका सामाजिक परिचालक भुपेन्द्र विष्टले जानकारी दिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया