अत्तरियामा सवारी दुर्घटनामा एकको मृत्यु
धनगढी ३ चैत । कैलालीको अत्तरियामा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ ।

अत्तरिया स्थित महेन्द्रनगररोड गोदावरी पुल नजिकै शनिवार राती करिव ९ः३० बजेतिर भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको हो । अत्तरियाबाट महेन्द्रनगर तिर जादै गरेको से १ च २०९४ नम्बरको स्कारपियोले ठक्करदिदा गोदावरी नगरपालीका ३ मालीकाटोल बस्ने २७ बर्षिय अनुप साउदको मृत्यु भएको छ ।
दुर्घटना लगत्तै मृतक साउदलाई उपचारकालागी पद्यमा अस्पतालमा लगिएको र त्यहा उपचार सम्भव नभएपछी रेफरगरी भारतको बरेली लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सवारी र सवारी चालक अहिले प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै शनिबारनै गोदावरी नगरपालीका वडा नम्बर ४ मा मृत भेटिएका पुरुषको हत्या भएको पुष्टि भएपनि अहिले सम्म सनाखत हुन सकेको छैन । प्रहरीका अनुसार अन्दाजी ४०र४५ बर्षका मृतकले निलो जिन्स पाईन्ट, कालो खैरो ज्याकेट लगाएका छन् ।
शव सेती अञ्चल अस्पतामा राखिएको छ। पछिल्लो समयमा सुदुरपश्चिमको प्रदेश राजधानी अत्तरिया क्षेत्रमा बिभिन्न दुर्घटनाहरु बढदै गईरहेका छन् ।
बजार क्षेत्रमै यस्ता दुर्घटनाहरु बढदै गएपछी स्थानियहरु पनि त्रसित भएका छन् । अत्तरियामा ईलाका प्रहरी कार्यालय र सुदुरपश्चिम प्रदेशको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय रहेका छन् ।
शान्ती सुरक्षा र थप घटना हुन नदिन सुरक्षा सतर्कता बढाईने र स्थानियलाई सुरक्षा दिन प्रहरी लागिपरेको प्रहरीको भनाई छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया