सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे

काठमाडौं २९ साउन । धनगढी विमानस्थलको स्तरोन्नति तथा सुदूरपश्चिमको हवाई कनेक्टिभिटी सुदृढीकरण सम्बन्धी सुदूरपश्चिमका सांसद, निजी क्षेत्र र सरोकारवालाबिच अन्तरक्रिया भएको छ ।
विहीवार राष्ट्रिय योजना आयोगको सभाहल, सिंहदरबारमा आयोजना गरिएको अन्तरक्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौड्याल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, सार्वजनिक लेखा समितिका सभापति,भरत खड्का, प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्द, गणेशसिंह ठगुन्ना, ऐन बहादुर महर, जगत जोशी, यज्ञबहादुर बोगटी,भरत कुमार स्वार, पर्यटन व्यवसायी मायाप्रकाश भट्ट लगायत नजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा धनगढी विमानस्थलको वर्तमान अवस्था, आवश्यक पूर्वाधार विकास, क्षमता विस्तार, हवाई सेवा तथा कनेक्टिभिटीको सुधारलगायत विषयमा गहन छलफल भएको कार्यक्रममा सहभागी मायाप्रकाश भट्टले बताउनुभयो । सहभागीहरूले धनगढी विमानस्थललाई आधुनिक, सुरक्षित र दीर्घकालीन रूपमा विस्तार गर्दै सुदूरपश्चिमको पर्यटन, व्यापार, लगानी तथा आर्थिक विकासको प्रमुख प्रवेशद्वारका रूपमा विकास गर्नुपर्नेमा जोड दिएको उहाँले जानकारी दिनुभयो ।
नाट्टा सुदूरपश्चिमका तर्फबाट धनगढी विमानस्थलको स्तरोन्नतिलाई सुदूरपश्चिमको समग्र पर्यटन विकाससँग जोड्दै स्पष्ट योजना, पर्याप्त बजेट र समयबद्ध कार्यान्वयनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको नाट्टाका प्रतिनिधि पदमविक्रम सिंहले बताउनुभयो ।
उहाँले, धनगढी विमानस्थलको स्तरोन्नति केवल विमानस्थलको विकास मात्र नभई सुदूरपश्चिमको पर्यटन, व्यापार, रोजगारी र समृद्धिको आधार निर्माण गर्ने राष्ट्रिय महत्वको विषय भएको बताउनुभयो  ।  कार्यक्रममा सहभागी व्यक्तित्वलाई सुदूरपश्चिमको सामाजिक तथा विकास क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आउनुभएका वरिष्ठ समाजसेवी मायाप्रकाश भट्टले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोल, नेपाल नागरिक उड्डयन प्राधिकरणका राजेन्द्र नायक, बुद्ध एयरका सुवर्ण खरेल, कञ्चनपुरका पर्यटन व्यवसायी परमानन्द भण्डारी,पदम सिंह, नरेन्द्र भट्ट, सञ्चारकर्मी सुरज कुँवर, अमर शाही लगायतको उपस्थिति रहेको थियो ।

  • २९ श्रावण २०८३, शुक्रबार १०:५० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन
    नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरुद्वारा कोशी प्रदेश प्रहरी प्रमुखलाई स्वागत

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU