आगलागीबाट सामान्य क्षेती
रमित बि.क.बाजुरा ६ पौष । सदरमुकाम मार्तडीको पातल भन्ने स्थानमा आगलागी हुदाँ सामान्य क्षेती भएको छ ।

आज विहाना १० बजेर ४५ मिनेटको समयमा बच्चाहरुले चिसोँका कारण आगो बालेको आगो खेलाउने क्रममा बडिमालिका नगरपालिका वडा नं. का गगन थाापाको जस्ताले छोएको घरमा आगलागी भई करिब ५० हजार बढीको क्षेती भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घरमा आगलागी भएको खबर आउने बित्तिकै जिल्ला प्रहरी कार्यालय बाजुरा र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिई बढी क्षेती हुनबाट जोगिएको प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताउनुभएको छ ।

साथै सोही रंग थापाको घर गोठमा समेत आगो सल्किन जाँदा स्थानीय व्यक्ति र प्रहरीको सहयोगमा उक्त गोठमा रहेका २ वटा भैसी र १ वटा गोरुको उद्दार गरी आगलागी नियन्त्रण लिईएको उहाँले बताउनुभयो । घरमा रहेको सुको गाँजो भने जलेर नष्ट भएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया