स्थानीयद्धारा वडा कार्यालयमा तालाबन्दी
प्रकाश बम डोटी ३ माघ । डोटीको शिखर नगरपालि वडा नम्बर ३ को वडा कार्यालयमा बिहिवार स्थानीयहरुले तालाबन्दी गरेका छन् ।

सबैलाई पायक पर्ने ठाउँमा वडा सारिनु पर्ने माग गर्दै स्थानहरुले जुलुस सहित वडाकार्यालयमा तालाबन्दी गरेका हुन् ।
हस्ताक्षर सहितको बिज्ञप्ती निकालेर उनीहरुले आली र सापुलाको बिचमा पर्ने जोरागाउमा राख्नु पर्ने माग राखेका छन् । अहिले नं ३ को आली भन्ने ठाउमा भाडामा राखिएको छ । स्थानियले वडा अध्यक्ष प्रेम बहादुर जोरालाई असारमै लिखित रुपमा निबेदन दिएर केन्द्र सार्न अपिल गरेका थिए ।
स्थानिय र वडा अध्यक्ष बिच दुई पटक बैठक बसिसक्दा पनि निष्कर्ष ननिस्केकाले तालाबन्दीमा उत्रनु परेको स्थानिय रमेश जोराले बताए । वडा अध्यक्ष जोराले माघ ३ गते बैठक बस्नका लागि बोलाएका भएपनि आफु भने उपस्थत भएनन् । महिनामा स्थानीयले केन्द्र सार्नका निमिक्त निवेदन दिएको ।
दुई पटक स्थानिय र जनप्रतिनिधी बैठक बसेको भए पनि फेरी आज ३ गते बैठक पुनः बस्ने बाचा गरे पनि उपस्थित कोही नभएको बताएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया