सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

“कोमल अभिभावकत्व” पुस्तक विमोचन

काठमाडौं ७ बैशाख । मथुरा थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन गरिएको छ । हाम्रो बालापन नेपालद्वारा आज आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा धनन्जय रेग्मीले बालबालिकाको समग्र विकासका लागि अभिभावक, शिक्षक र समाजका सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए

शिक्षकको एउटा उत्प्रेरणा वा शब्दले आफ्नो जिवनमा पुरै परिवर्तन ल्याएको उदाहरण दिँदै अभिभावक र शिक्षकको सकारात्मक व्यवहारले बालबालिकाको जीवनमा परिवर्तन ल्याउन ठुलो भूमिका खेल्ने उल्लेख गरे । साथै ‘कोमल अभिभावकत्व’ पुस्तकले पनि अभिभावकलाई बालबालिकाको मनोविज्ञान बुझ्न र सकारात्मक अभिभावकत्व अभ्यास गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रमका विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उमीद बागचन्दले टेक्नोलोजीको विकाससंगै वालवालिका परेको नकारात्मक प्रभावलाई यो पुष्तकको प्रयोगले केही हदसम्म कम गर्न सक्छ भन्दै हरेक अभिभावक माझ पुर्याउनु पर्ने कुरामा जोड दिए ।

पुस्तकका लेखक थापाले विगत २१ वर्षदेखि शिक्षक, प्रधानाध्यापक र प्रशिक्षकको भूमिकामा रही काम गर्दा भोगेका विषय वस्तु, अनुभव र अनुसन्धानका आधारमा पुस्तक तयार पारेको बताइन । उनले बालबालिकाको भावनात्मक, मानसिक तथा सामाजिक विकासमा अभिभावकको भूमिकालाई केन्द्रमा राखेर पुस्तक लेखेको बताइन् ।

आधुनिक समाजमा अभिभावकत्वको शैलीमा आएको परिवर्तन र त्यसले बालबालिकामा पार्ने प्रभावबारे पुस्तकमा विभिन्न अनुभव र अध्ययन समेटि ७४ परिच्छेदमा तयार पारिएको छ ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ समाचारदाता एवं शिक्षा पत्रकार प्रकाश सिलवालसहित तीन जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा पत्रकार सिलवालसहित समाजसेवी पासाङकाजी शेर्पा र बालमनोविद् डा गङ्गा पाठक रहेका छन् ।

शिक्षा पत्रकार प्रकाश सिलवाललाई सम्मान गरिएको तस्विर

उनीहरूलाई शिक्षा तथा समाजसेवाको क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानका लागि सम्मान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा वरिष्ठ समाचारदाता सिलवालले शिक्षा पत्रकारितामार्फत शिक्षा क्षेत्रका समस्या, सम्भावना र सुधारका विषयमा निरन्तर आवाज उठाउँदै आएको बताए ।

समाजसेवी शेर्पाले सामाजिक कार्यमार्फत समुदायको उत्थानका लागि काम गर्दै आएको उल्लेख गरे भने बालमनोविद् डा. पाठकले बालबालिकाको मानसिक स्वास्थ्य र मनोवैज्ञानिक विकासका विषयमा समाजमा सचेतना फैलाउन आवश्यक रहेको बताए ।

  • ८ बैशाख २०८३, मंगलवार २२:०१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU