सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

काममा सुशासन र पारदर्शीता आवश्यक : सांसद साह

ललिता साह, सप्तरी २९ चैत्र । विकासको होस वा सार्वजनिक सेवा प्रवाह सबै कार्यमा शुशासन र पारदर्शीता आजको आवश्यकता रहेको प्रतिनिधि सभा सदस्य सिताराम साहले बताए ।


जिल्ला समन्वय समिति सप्तरीको जिल्ला सभा – २०८२को समापन समारोहलाई आइतवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
रोकिराखेको जिल्लाको विकासीय काम रामराजा विज्ञान प्रतिष्ठानको पूर्णता, औद्योगिक क्षेत्रको विकास र खानेपानी समस्या बारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको सप्तरी क्षेत्र नम्बर ४ बाट सत्तारूढ दलबाट निर्वाचित सांसद साहले भने । उनले थपे “सुनकोसी त्रियुगा डाईभर्सन आयोजना संचालन गर्नसके खानेपानी, सिंचाई लगायतको समस्या समाधान हुने भएकोले यो आयोजनाको डिपिआर तत्काल गरेर बहुवर्षीय आयोजनाको रुपमा संचालन गर्न सुझाएको प्रतिनिधि सभा सदस्य साहले जानकारी गराए ।
जिल्ला समन्वय समिति सप्तरीको नियमित कृयाकलापहरु अन्तर्गत जिल्ला परियोजना सल्लाहकार समितिको बैठक, जिल्ला खोप व्यवस्थापन समिति बैठक र सप्तरी जिल्लाका सबै स्थानीय तहहरुको समन्वयात्मक बैठक, सरकारी तथा गैह्रसरकारी क्षेत्रबाट जिल्लामा संचालित कार्यक्रम/आयोजनाहरुको अनुगमन गर्ने, स्थानीय सरकार, संघीय तथा प्रादेशिक कार्यालय र गैरसरकारी संस्थाहरुबाट संचालित कार्यक्रमहरुको समीक्षा गर्ने लगायतका कार्यहरु सम्पन्न गरेको जिल्ला समन्वय अधिकारी कुन्दनकुमार कर्णले जानकारी गराए । साथै चालु आर्थिक वर्ष २०८२/०८३ मा पूँजीगत तर्फ गत विगतका बर्षहरुबाट अल्या भई रकम रु.१ करोड ४५ लाख ९३ हजार ९ सय ७४ रुपैया७५ पैसा र चालु तर्फ रु.१ करोड ६४ लाख ६२००० हजार बजेट रकम प्राप्त हुन आएको समन्वय अधिकारी कर्णले भने ।


प्रदेश सभा सदस्य अनिरुद्र प्रसाद सिंह यादवले-कुनै विकास बजेटको अधिकार नरहेको जिल्ला समन्व्य समिति औचित्य विहिन बन्दै गएको अवस्थामा अधिकार र बजेट देउ वा खारेज गर को माग गरेको छ । वर्तमान सरकारको कार्यशैलीबारे टिप्पणी गर्दै प्रदेश सभा सदस्य यादवले भन्ने भ्रष्टचार अन्त्य गर्न सरकार सफल होस् तर सोचेर / बुझेर अघि बढ्नु भन्दा अपरिपक्व स्पिडले दुर्घटना निम्त्याउने गर्दछ ।
मधेश प्रदेश सभा सदस्य गोविन्द न्यौपाने -तत्कालिन जिल्ला पञ्चायतको उत्तराधिकार बोक्दै आएका समन्व्य समितिले जिल्लाको समग्र सरकारी निकायको समन्वय गर्नु पनि महत्पूर्ण कार्य हो यद्यपि जिम्मेवारी र अधिकार कटौतीले महत्व घटेको हो।
मधेशको जमिनमा हजारौ संख्यामा जडान गरेको डिप बोडिङ्गले जमिन मुनिको पानी सुख्खा बन्दै गएको छ । निकट भविष्यमा खानेपानीको हाहाकार हुन सक्छ । यो गम्भीर समस्या आउन नदिन कोसी पम्पनहरमा भारतसँगको सम्झौता अनुरूप हामीलाई चाहिएको पानी ल्याएर सप्तरीको खेतमा सिंचाइ सुविधा पुर्याउन पहल गर्नुपर्ने बताए ।
देशमा विकास र काम गर्न यो परिवर्तण आएको र सोही मर्मलाई आत्मसात गरेर अघि बढ्न जिल्ला समन्वय सप्तरीका सभापति शिवनारायण साहले सबै पक्षलाई आग्रह गरेका छन् ।

तस्बिर : जिल्ला सभामा बोल्दै प्रतिनिधि सभा सदस्य सीताराम साह तथा  मंचासिन अतिथिहरु

  • २९ चैत्र २०८२, आईतवार १८:२३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु
    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस

    ताजा अपडेट

    ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ

    काठमाडौं ३ भाद्र । गृहमन्त्री सुधन गुरुङले ललितपुर महानगरपालिकाले गरेको काम प्रशंसनीय र उदाहरणीय...

    दलितको पेसा फेरियो, दलन फेरिएन

    नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायले...

    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु
    • मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय
    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU