सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

गण्डकी सामुदायिक सेवा समाज नेपाल क्षेत्र नम्बर १ पुनर्वासको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

धनबहादुर बिक, पुनर्वास २८ चैत । गण्डकी सामुदायिक सेवा समाज नेपाल क्षेत्र नम्बर १ पुनर्वासको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।


गण्डकी सामुदायिक सेवा समाज नेपाल पुनर्वास द्वारा आयोजित भेला शनिबार सम्पन्न भएको हो ।
शनिबार पुनर्वास नगरपालिका ६ स्थित शर्मा पार्टी प्यालेस तथा अतिथि गेष्ट हाउसमा को शानदार सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।


जसमा समाजका सदस्यहरू, स्थानीय अगुवा तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भेलामा संस्थाको वर्तमान गतिविधि, आगामी योजना तथा सामुदायिक विकासका विविध पक्षहरूमा विस्तृत छलफल गरिएको थियो।


भेलाको प्रमुख उद्देश्य संस्थाका सदस्यहरूबीच आपसी समन्वय, सहकार्य र एकता अभिवृद्धि गर्नु रहेको थियो। यस प्रकारका भेलाले संस्थागत गतिविधिहरूलाई प्रभावकारी बनाउनुका साथै समुदायका आवश्यकताहरू पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।


कार्यक्रममा वक्ताहरूले समाजमा रहेका समस्या तथा चुनौतीहरू समाधान गर्न सामूहिक प्रयासको आवश्यकता औंल्याएका थिए। साथै, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक चेतना अभिवृद्धि जस्ता क्षेत्रमा संस्थाले अझ सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिइएको थियो।


भेलाको महत्त्वबारे चर्चा गर्दै सहभागीहरूले यस्ता कार्यक्रमहरूले सदस्यहरूबीच विश्वास बढाउने, नयाँ योजना निर्माण गर्न सहयोग गर्ने तथा समाजप्रति उत्तरदायित्व बोध गराउने बताएका छन्। यस्तै, संस्थाको दिगो विकास र प्रभावकारी कार्यान्वयनका लागि नियमित रूपमा भेला आयोजना गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ।


कार्यक्रमको अन्त्यमा संस्थाका प्रतिनिधिहरूले आगामी दिनमा अझ सशक्त र व्यवस्थित रूपमा सामाजिक सेवा कार्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
निर्वाचन साधारणसभा समेत रहेको भेलाले पुन केशव प्रसाद तिमिल्सिना को संयोजकत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।


नव गठित समिति को उपाध्यक्ष मा शिवलाल शर्मा , महिला उपाध्यक्षमा सत्यादेवि चापागाईं , महासचिवमा हरि प्रसाद अधिकारी , सचिव आनन्द सुवेदी , कोषाध्यक्षमा लक्ष्मण थापा सदस्य हरूमा बिष्णु प्रसाद तिवारी , जितबहादुर थापा , मकर थापामगर , कृष्णप्रसाद बगाले , दिनेश पण्डित , बसन्ति पौडेल र महेन्द्र बहादुर बिक , निर्विरोध चयन भएका छन ।
त्यसैगरी लेखा संयोजक मा गजेन्द्र प्रसाद ढकाल चयन भएका छन । नवनिर्वाचित समिति को कार्यकाल दुई बर्षको रहने जनाईएको छ ।
गण्डकी प्रदेश को विभिन्न जिल्ला बाट बसाइँ सरि पुनर्वास लाई कर्मथलो बनाउदै आएका हाल ४५० घरधुरी सङ्ख्या रहेको र ३ बर्ष अघि कञ्चनपुर जिल्ला प्रशासन मा विधिवत दर्ता भई संस्थागत कार्यक्रम सञ्चालन गर्दै आएको गण्डकी सामुदायिक समाज मा ३२ जना आजिबन सदस्य रहेको समाजका अध्यक्ष केशव प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
समाजका अध्यक्ष केशव प्रसाद तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्मा रहनु भएको थियो ।
कार्यक्रममा नगर उप प्रमुख भुलिया कुमारी राना , पुर्व नगर प्रमुख जिवनराज थापा , वडा अध्यक्ष मित्र सिंह लामा , वडा सदस्य हरू , विभिन्न संघ संस्था का प्रतिनिधि लगायत कार्यक्रम का बिशिस्ट अतिथि तथा अतिथि हरू रहेका थिए ।
साधारणसभा मा संस्था को बार्षिक प्रतिवेदन संस्था का महासचिव हरि प्रसाद अधिकारी ले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम को सञ्चालन सचिव शेरबहादुर बिक ले गर्नुभएको थियो ।

  • २९ चैत्र २०८२, आईतवार ०५:२७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU