सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

प्रत्येक बुथमा कम्तीमा ३० जना यूथफोर्स राख्न ओलीको निर्देशन
"अब सर्वोच्च संस्थाहरु जलाउने र बुथ कब्जा हुँदैन, किनकी युथफोर्स छ’ "

काठमाडौं ११ फागुन । नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नम्वर ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार केपी शर्मा ओलीले प्रत्येक बुथमा कम्तीमा पनि ३० जना नेसनल युथफोर्सका युवालाई खटाउन पार्टीका सबै नेतालाई निर्देशन दिएका छन्।

नेकपा एमालेले सोमबार झापा क्षेत्र नम्वर–५ मा आयोजना गरेको चुनावी सभामा ओलीले नेसनल युथफोर्सका सदस्यलाई प्रत्येक बुथको सुरक्षाका लागि भोलेन्टियर्स गठन गर्न निर्देशन दिएका हुन्।

ृउनले प्रत्येक टोलमा सुरक्षा समिति बनाउन पनि निर्देशन दिए। ओलीले जेनजी आन्दोलन हुँदा आफ्नो पार्टीले नेशनल युथ फोर्स गठन नगरेकाले देशका सर्वोच्च संस्थाहरू जलेको बताए।

‘देश जल्यो । जल्दो रहेछ । एउटा मात्रै कारण हो हामीले नेशनल युथ फोर्स बनाएका थिएनौं। अब कहीँ केही जल्न पाउँदैन,’ ओलीले भने, ‘अब हामी कसैलाई पनि सिंहदरबार जलाउने छुट दिने छैनौं।’

उनले शान्ति सुरक्षा कायम गर्न, आतंककारी र अपराधिलाई रोक्नको लागि प्रहरीलाई सहयोग गर्न युथफोर्स गठन गरिएको बताए।

उनले युथफोर्सलाई लक्षित गर्दै भने ‘यो फोर्स एमालेको जनवर्गीय संगठन हो। यसले पार्टीका कार्यक्रम साकार पार्न काम गर्छ। यो चुनावका लागि गठन गरिएको फोर्स होइन । सधैंका लागि हो।’

उनले आगो लगाउने, भत्काउने, जलाउने, लुटपाट गर्नेलाई युथफोर्सले रोक्ने काम गर्ने बताउँदै एमाले देश बनाउने पार्टीको रुपमा अघि बढ्ने बताए।

एक अर्को प्रसंगमा ओलीले आफ्ना प्रतिष्पर्धी बालेन शाहप्रति संकेत गर्दै भने, ‘सानो बच्चालाई पनि तिमी के बन्छौ बाबु? भनेर सोध्यो भने राष्ट्रपति, प्रधानमन्त्री आदी भन्छ। तर उनले भन्नेवित्तिकै उ त्यो पदमा पुग्न सक्ने कुरै आउँदैन।’

नेशनल भोलिन्टियर फोर्सका संयोजक पुष्पराज श्रेष्ठले आफ्नो पार्टीको झण्डा जलाउने र तोड्ने काम भयो भने आफूहरू पनि चुप लागेर नबस्ने चेतावनी दिए।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै एमालेको झण्डा श्रमजिवी वर्गको  र आस्थाको झण्डा भएकाले यसलाई जलाउने र तोड्ने काम भयो र अझै पनि सच्चिएन भने देशभर युवा, भोलिन्टियर शक्ति परिचालित भएर तपाईंहरूलाई पनि चुनाव प्रचारका हरेक ठाउँमा रोक लगाउँछौं भनेर चेतावनी दिए।

उनले वर्तमान सरकार र प्रहरी प्रशासनले साना साना विषयमा पनि सुरक्षा दिन नसकेको भन्दै ध्यानाकर्षण गराए ।

  • ११ फाल्गुन २०८२, सोमबार १७:०५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय
    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    ताजा अपडेट

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    पोखरा, २ भदौ । गण्डकी प्रदेशमा बिरामी तथा नवजात शिशुको हेरचाहमा परिवारका सदस्यहरूलाई सक्षम...

    मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

    काठमाडौं  २ भदौ । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै मानव बेचबिखनमुक्त समाज...

    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU