सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

साइकल यात्रामार्फत क्यान्सर सचेतना, १८ सय किलोमीटर यात्रा

काभ्रेपलान्चोक २२ माघ । क्यान्सर रोग विरुद्धको सचेतनाका लागि राज्यले अनेक तामझामका साथ भब्य लगानीसहितका कार्यक्रम गर्ने गर्छ। यस्ता गतिविधि क्यान्सर दिवसका सन्दर्भमा त झनै बढी हुन्छन्।

धुलिखेल अस्पतालसँगको सहकार्यमा आयोजना गरिएको साइकल यात्रामा भने त्यो भन्दा फरक शैली थियो। उपचारमा आर्थिक अभाव झेलिरहेका बिरामीलाई नै सहयोग गर्ने उद्देश्यसहित दुई जना त्यस्ता ब्यक्ति क्यान्सर विजेता एवं लिड राइडरको अगुवाइमा क्यान्सर बिरुद्धको सचेतनाका लागि लामो दुरीको साइकलयात्रा भयो।

उनीहरुले साइकलबाटै सर्वसाधारणलाई क्यान्सर बिरुद्धको आवाज सुनाए। यो साइकल यात्रामा ८ जना साइक्लिस्टसहित १४ जना सहभागी थिए । १८ सय किलोमिटर दुरी पार गर्दै यात्रा सम्पन्न गर्ने अगुवा ती ब्यक्तिहरु पनि क्यान्सर पीडित नै हुन्। क्यान्सर रोगबाट पीडित भएर क्यान्सरलाई जितेका हर्क लामा र कविता चित्रकारले विश्व क्यान्सर दिवसका अवसरमा सचेतनामुलक साइकलयात्रा गरेका हुन्।

काभ्रेपलान्चोकको धुलिखेल अस्पतालमा घोषणा गरी अंग्रेजी नयाँ वर्ष २०२६ जनवरी १ बाट पाँचथरको चिवाभञ्ज्याङबाट सुरु भएको यात्रा एक महिनापछि अस्पतालमै पुगेर बुधबार सम्पन्न भएको हो। यो यात्राका क्रममा साइकलयात्री लामा र चित्रकारसहितले पहाडी लोकमार्गमा यात्रा गरेका थिए।

यात्राका क्रममा १५ स्थानमा दुई हजारभन्दा धेरैलाई प्रत्यक्ष रूपमा क्यान्सर रोगसम्बन्धी सचेतना गरिएको यात्रामा सहभागी धुलिखेल अस्पतालका चिकित्सक सुमनराज ताम्राकारले जानकारी दिए।

कार्यक्रममा यात्रामा सहभागी अर्का चिकित्सक विकास पराजुलीले यात्राका क्रममा भएका अनुभव सुनाए। साइकल यात्री लामा र चित्रकारले पनि क्यान्सर रोगसँग जित्न सक्ने साहस साइकल यात्राबाट मिलेको बताए।

कार्यक्रममा अस्पतालका प्रशासकीय प्रमुख डा विराजमान कर्माचार्यले धुलिखेल अस्पतालमा उपचाररत बिरामीको क्यान्सर उपचारका लागि कोष बनाइने र त्यसमा सङ्कलन भएको रकम जति नै थपेर अस्पतालले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

साइकल यात्री लामाले क्यान्सर भएर उपचारार्थ अस्पतालमा भर्ना हुँदा बिरामी र आफन्तले रकम अभावका कारण व्यहोर्नु परेको सास्तीलाई न्यूनीकरण गर्न कोष स्थापनार्थ नवीनतम कार्य गरिएको बताए।

अस्पतालका संस्थापक एवं कार्यकारी निर्देशक डा रामकण्ठ माकजुले क्यान्सर रोगबाट सङ्क्रमण भएर त्यसलाई जित्न सक्ने साहसका साथ साइकल यात्रा सम्पन्न गरेकामा दुवै साइकल यात्रीलाई विशेष धन्यवाद दिए।

  • २२ माघ २०८२, बिहीबार १९:५३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    गढीमाईमा ५५ वर्षीय सफि आलम मृत अवस्थामा फेला ।
    रौतहटमा पोखरीमा डुबेको अवस्थामा २८ वर्षीय युवक मृत फेला ।
    नेपाली कांग्रेस पुनर्वास वडा नम्बर ३ को अधिवेशन सम्पन्न ।

    ताजा अपडेट

    गढीमाईमा ५५ वर्षीय सफि आलम मृत अवस्थामा फेला ।

    प्रहरीका अनुसार शनिबार दिउँसो करिब ३ः१० बजेको समयमा स्थानीय अतिउल्लाको धान खेतमा सोही स्थानका...

    जितेन्द्र यादवको गाउँको ‘इन्द्र सरोवर’ पर्यटकीयस्थल बनाउन माग ।

    प्रेमचन्द्र झा, रौतहट १७ असोज  । मधेश प्रदेशका पूर्वअर्थमन्त्री जितेन्द्र यादव (सुनिल यादव) को...

    • रौतहटमा पोखरीमा डुबेको अवस्थामा २८ वर्षीय युवक मृत फेला ।
    • बङ्कुल नाकामा ठूलो ‘राजस्व खेल’को संकेत : १ लाख २० हजार अन्तःशुल्क स्टिकर बरामद ।
    • नेपाली कांग्रेस पुनर्वास वडा नम्बर ३ को अधिवेशन सम्पन्न ।
    • ‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’-मन्त्री बादी ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU