क्रियापुत्री बसेकी पत्नीबारे पूर्वमन्त्री शेरबहादुर लेख्छन्– उषा जी, तपाई साच्चै महान् हुनुहुन्छ
काठमाडौं, २६ पुस । प्रदेश सांसद उषाकला राईले कपाल मुन्डन गरी आमाको किरिया बसेकी छन् । ७५ बर्षको उमेरमा बुधबार निधन भएकी आमा लक्ष्मी राईको काजकिरियाका लागि उषाले कपाल मुन्डन गरी काजकिरियामा बसेकी हुन् ।

उनका दाजुभाई छैनन् । आमाप्रति देखाएको यो सम्मानलाई उनका पति तथा पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले प्रशंशा गरेका छन् ।
तामाङले फेसबुकमा लेखेका छन्, ‘उषाजी तपाईं साच्चै महान् हुनुहुन्छ । महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको विभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भएपनि व्यवहारिक हिसाबले अन्त्य गर्न तपाईंहरू जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौ । मेरो सधैं तपाईप्रति सम्मान र समर्थन छ ।’
राई ५ दिनसम्म क्रियापुत्री बसी खोटाङ जानेछिन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया