सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

टोखा–९ गोंगबु मंगलटोलबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

काठमाण्डौ १३ पुष । टोखा नगरपालिका वडा नं. ९ अन्तर्गत गोंगबु मंगलटोलस्थित एक घरबाट लागू औषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले एक युवकलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।

आज दिउँसो करिब १७:२५ बजे प्रहरी प्रभाग बसपार्कबाट खटिएको प्रहरी टोलीले उक्त घरमा डेरा गरी बस्दै आएका कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका–२ स्थायी घर भएका २४ वर्षीय धनबहादुर विष्टको शरीर तथा डेरा कोठा चेकजाँच तथा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा लागू औषधजन्य पदार्थ खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ ८६ पुडिया निलो–कालो प्लाष्टिकमा पोका पारी लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मान्यता प्राप्त तराजुमा तौल गर्दा प्लाष्टिकसहित ७४.४८ ग्राम र प्लाष्टिक बाहेक ४५.१८ ग्राम तौल रहेको पाइएको छ।

त्यसैगरी, घटनास्थलबाट विभिन्न कम्पनीका मोबाइल फोन ७ थान, नेपाली नगद रु. ३५,०००/- र डिजिटल तराजु १ थान समेत बरामद गरिएको छ।
बरामद सामग्रीसहित धनबहादुर विष्टलाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

  • १३ पुष २०८२, आईतवार २३:१९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    खुसीका लागि मन, शरीर र समाजबीच सन्तुलन हुनुपर्छ : डा. समीम अख्तर
    लागु औषध गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU