सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

शिखरको नगरबस दिपायल सिलगढीमा नचलाउन नगरप्रमूखको धम्की

डोटी १९ पुस । भर्खरै सेवा शुरु गरेको शिखर नगरपालिकाको बस आफ्नो नगरक्षेत्रमा नचलाउन दिपायल सिलगढी नगरपालिकाकी प्रमुख  मञ्जु मलासीले धम्की दिएकी छन् ।


बुधबार दिपायल स्थित सेती प्राबिधिक शिक्षालयको गेटनजिकै हिडिरहेको शिखर नगरपालिकाको नगरबस रोकेर यस्तो धम्की दिएको बसका सह–चालकले जनाएका छन् ।
‘गाडी रोेकेर उहाँ आउनुभयो,’ नगरबसका सहचालक टंक शर्माले भने,‘त्यसपछि तपाईहरुलाई यता गाडी ल्याउने सहमती कसले दियो । भोलीबाट यहाँ ल्याए गाडी तोडफोड गरिदिन्छु भन्नुभयो ।’
शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले नगरप्रमुख मलासीको व्यवाहारले आफु गम्भिर बनेको बताए । ‘हामी गम्भिर छौ,’ उनले भने,‘उहाँले त्यसो नगर्नुपर्ने हो । जसले जहाँ दिएपनि सेवा दिने हो । हाम्रै नगरका नागरिकलाई जिल्ला सदरमूकाममा सेवा लिन जाँदा आउजाउ गर्न सहज होस भनेर सिलगढीसम्म सेवा दिने निर्णय गरेका हौ ।’ यसविषयमा दिपायल सिलगढी नगरपालिकाकी नगरप्रमुख मलासीसंग छलफल गरिने उनले बताए ।
उता दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मलासीले आफुले ‘धम्की’ नभई ‘सुझाव’ दिएको बताईन् । ‘मैले पहिले बसेर कुराकानी गरौ, कसले कहाँसम्म चलाउने भनेर छलफल गरौ भनेकी थिए,’ उनले भनिन,‘तर, सिधै बस देखेपछि यसरी नचलाउने सुझाव दिएको हँु ।’ दिपायल सिलगढी नगरपालिकाले पनि यसअघि नै नगरबस सञ्चालन गर्दै आएको छ ।‘हामीले चलाउदा पनि यातायात ब्यबसायीले बिरोध गरेका थिए । छलफल गरेर सीमित एरियामा चलाईरहेका छौ । उहाँहरुले पनि कहाँसम्म चलाउने भनेर छलफल गर्नुपर्छ भनेकी हुँ,’ उनले भनिन् ।
प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले बैधानिक रुपमा चल्ने सवारी साधनहरु जिल्लाभित्र निर्वाध चल्नसक्ने बताए । ‘उसैपनि सरकारले सिण्डिकेट हटाईरहेको छ । जसले जतापनि सेवा दिनसक्छ भन्ने अवधारणा छ,’ उनले भने,‘स्थानीय तहले त झन नागरिकको सेवा गर्ने हो ।’ यसरी स्थानीय सरकारका बिचमा बिबाद आउदा दीर्घकालिन समस्या आउनसक्ने बताए । ‘यस्ता कुरामा गाउँ–नगर र वडामा बिबाद देखिनुहुदैन,’ उनले भने ।
आइतबार देखि संचालनमा आएकोे शिखर नगरपालिकाको नगर बस कोरालखोला देखि सिलगढी सम्म अन्य सवारी साधन भन्दा २५ प्रतिशत छुटमा संचालन गर्ने निर्णय गरेको छ । यस अघि दिपायल सिलगढी नगरपालिकाद्वारा संचालनमा आएको नगर बस भने शिखर नगरपालिका संग कुनै सहकार्य नगरेर शिखर नगरपालिकामा समेत चल्ने गरेको शिखर नगरपालिकाले बतायो ।

  • १९ पुष २०७५, बिहीबार ०२:३५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU