अभिभावक शिक्षक सम्मेलन सम्पन्न
धनगढी १३ पौष । राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्र्तगत अभिभावक शिक्षक सम्मेलन भवानी मावि धनगढी ९ घुयाँघाटमा आज शुक्रवार सम्पन्न भएको छ ।

राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्र्तगत संम्पन्न उक्त कार्यक्रम अभिभावकलाई घरमा पढाइ वातावरणलाई प्रवर्धन गर्न र नियमिति विद्यालय भ्रमण गरी आफ्ना बालबालिकाको सिकाइ उपलब्धि जानकारी हासिल गर्न शिक्षकले विद्यार्थी केन्द्रित शिक्षण सिकाइलाई प्रवर्धन गर्ने संस्कृति विकासका लागि सान्दर्भिक औजार प्रयोग गरी अभिभावक अभिभावक बिच र शिक्षक अभिभावक बिच नियमित छलफल गरी गुणस्तरीय शिक्षाको विकास गर्ने उद्धेश्यले आयोजना गरिएको हो ।
सम्मेलनमा धनगढी उपमहानगरपालिका वडा नं ९ का वडा सदस्य दिनेश चौधरीले सम्मेलनले प्रारम्भीक तहका विद्यार्थीहरुको पठन सिप र गुणस्तरीय शिक्षामा पर्याप्त सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनको उद्धेश्य वारेमा अधिकृत राजेन्द्र रैकाले प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा अभिभावकहरूसग आप्mना बालबालिकाको शिक्षामा सकारात्मक रूपमा अभ्यस्त हुन, अभिभावकहरूसँग नियमितरूपमा सञ्चार कायम राख्न, अभिभावकहरूलाई आप्mना बालबालिकाको सिकाइ र शिक्षासम्बन्धी अपेक्षित लक्ष्यहरू हासिल गर्न र विद्यार्थीको विद्यालय समयभन्दा बाहिरको पढ्ने समय वृद्धि गर्नेतर्पm केन्द्रित गराउन वारमा संवाद गरिएको थियो ।
कार्यक्रममा भवानी माविका अध्यक्ष शेर वहादुर पार्की,पूर्व अध्यक्षहरु पदम पार्की,भवानी भट्ट,विद्यालयका प्रधानाध्यापक लोकराज जोशी,शिक्षक दुदमाया खनाल लगायतकाले मन्तव्य राखेका थिए ।
कार्यक्रम अभिभावक शिक्षक संघका अध्यक्ष गौतम विकको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन शिक्षक प्रेमराज भट्टले गर्नु भएको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया