सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित

काठमाडौं ४ भाद्र । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० शृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार पाल्मेर्स्टोनमा सम्पन्न आफ्नो पाँचौँ खेलमा सोमपाल कामी चम्किएपछि नेपालले मेलबर्न रेनेगार्ड्सविरुद्ध ३३ रनको जित निकालेको हो ।

मेलबर्नका अर्जुन नायरले २६ रन बनाए र जाई लेसिमरले १८, ह्यारी डिक्सोनले १६, ओलिभर पेकले १४ रन थपे ।

रेनेगार्ड्सलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले पाँच विकेट लिए । चार ओभर बलिङ गरेका सोमपालले १७ रनमात्र खर्चिए । कुशल भुर्तेलले दुई विकेट लिए । साहब आलम र रूपेश सिंहको नाममा समान एक–एक विकेट रह्यो ।

त्यसअघि, टस जितेर ब्याटिङमा आएको नेपालले निर्धातिर २० ओभरमा नौ विकेट गुमाएर १३९ रनको योगफल खडा गरेको थियो ।

नेपालका कुशल मल्लले सर्वाधिक २९ रन बनाए । उनले २२ बलमा एक चौका र एक छक्का प्रहार गरे । कप्तान दीपेन्द्रसिंह ऐरीले २७, लोकेश बमले २४, भीम सार्कीले १७ र रुपेश सिंहले अविजित १६ रन जोडे । आसिफ सेखले १२ रन थपे ।

रेनेगार्ड्सका फर्गुस ओ‘निल, क्यालम स्टोव, लाच्लन बाग्स र माइकल आर्चरले समान दुई–दुई विकेट लिए ।

नेपालले यसअघिका चारमध्ये तीन खेलमा हार र एक खेलमा जित निकालेको थियो । नेपाल पहिलो खेलमा नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले हारेको थियो । नेपाल तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो । चौथो खेलमा भने नेपालले होबर्ट हुरिकेन्सविरुद्ध ६६ रनको जित निकालेको थियो ।

नेपालले अब अगस्ट २२ मा पाकिस्तान साहिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

  • ४ भाद्र २०८२, बुधबार १५:४५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    स्पेनलाई फिफा विश्वकप २०२६को उपाधि, गोल्डेन बुट एम्बापेलाई
    समाजसेवी तीर्थराज पन्तद्वारा विद्यार्थीलाई ट्रयाकसुट सहयोग
    चीनविरूद्ध नेपालको तर्फबाट उत्कृष्ट ब्याटिङ: ३१४ रनको लक्ष्य दियो, कुशल भुर्तेलले एकै ओभरमा ६ वटा छक्का हाने

    ताजा अपडेट

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    पोखरा, २ भदौ । गण्डकी प्रदेशमा बिरामी तथा नवजात शिशुको हेरचाहमा परिवारका सदस्यहरूलाई सक्षम...

    मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

    काठमाडौं  २ भदौ । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै मानव बेचबिखनमुक्त समाज...

    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU