सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पुनर्वास मा दलित सशक्तीकरणका लागि कानुन प्रदत व्यवस्था र कार्यनयन अवस्था बिषयक कार्यक्रम जारी

धनबहादुर बिक,पुनर्वास ६ असार ।दलित सशक्तीकरणका लागि कानुन प्रदत व्यवस्था र कार्यनयन अवस्था बिषयक कार्यक्रम पुनर्वास मा सुरु भएको छ ।
नगर स्तरिय दलित समन्वय समिति पुनर्वास ले आयोजना गरेको उक्त कार्यक्रम बिहिवार पुनर्वास नगरपालिका ९ को सभाहल बाट सुरु गरिएको हो ।


समिति का अध्यक्ष हरि ताम्राकार को अध्यक्षतामा भएको कार्यक्रम को पहिलो दिन वडा नम्बर ८ र ९ को संयुक्तरूपमा वडा नम्बर ९ मा सम्पन्न भएको हो भने शुक्रबार पुनर्वास उधोग वाणिाज्य संघको सभाहलमा वडा नम्बर ४ र ५ का वडावासी सहभागी रहेका थिए ।


शुक्रबार भएको कार्यक्रम का प्रमुख अतिथि पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्मा रहेका थिए बिशिस्ट अतिथि मा वडा नम्बर ५ का वडा अध्यक्ष नरबहादुर रोकाया रहेका थिए , अतिथि हरूमा कार्यापालिका सदस्य , मनमाया बिक , यदुराम एस के , भिम नेपाली , वडा सदस्य मणिनाथ बोगटी , बिष्णु नेपाली , विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी बुद्धिजीवी हरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख शर्माले आफू निर्वाचित भए पश्च्यात पहिलोपटक दलित हकअधिकार तथा सशक्तीकरण को बिषयमा कार्यक्रम को आयोजना हुन लागेकामा खुसी व्यक्त गरे यद्यपि यस्तो जनचेतनामूलक कार्यक्रममा नयाँ पिडीहरूलाइ समेत सहभागिता गराउनुपर्ने उनले आयोजकलाई सुझाव दिए ।
युवाहरूलाई सहभागी गराएर कार्यक्रम गर्दा कथित जातीय विभेद जस्तो विकृतिको अन्त्य गराउन सहज हुने नगर प्रमुख शर्माले जोड दिए । पुनर्वास मा अवशेष का रूपमा रहेको जातीय भेदभाव अन्त्यका लागि नगरपालिका बाट गर्नुपर्ने नितिगत क्रियाकलापमा आफु पछि नपर्ने कुरामा उनलेे प्रतिबद्धता व्यक्त गरे ।

 

कार्यक्रमका मुख्य प्रशिक्षक खाद्य व्यवस्था तथा व्यापार कम्पनी , सुदूरपश्चिम प्रदेश प्रमुख दिपक थापा ले अन्तर्राष्ट्रिय कानूनी व्यवस्था , राष्ट्रिय कानूनी व्यवस्था, संस्थागत एवं संयन्त्रगत व्यवस्था ,योजना र बजेटमा भएको व्यवस्था, राज्यको प्रयास , सरकारबाट भएका प्रयास , अदालतबाट भएका प्रयास, राष्ट्रिय मानव अधिकार आयोगबाट भएका प्रयास ,राष्ट्रिय दलित आयोगबाट भएका प्रयास, सरोकारवालाको आगामि भूमिका बिषयमा सहभागिहरूलाई प्रशिक्षित गराएका थिए । यस संगै नेपालमा दलित समुदायको मानव अधिकार सम्बन्धी व्यवस्था, अवस्था र आगामि भूमिका जस्ता महत्त्वपूर्ण बिषयमा जानकारी दिएका थिए ।

कार्यक्रममा दलित अगुवा दुर्गाराज सुनारले दलित समुदाय लाई राज्यको मुलधारमा ल्याउन दलित बालबालिकालाई शिक्षा मा जोड दिनुपर्ने बताए , भोको पेट रहेर पनि दलितका बालबालिकालाई उच्च शिक्षा अध्ययन गराउन सकेमा यस्ता विकृतिको अन्त्य हुनमा टेवा पुग्ने उनलेे जोड दिए ।
कार्यपालिका सदस्य यदुराम सार्की ले छुवाछूत प्रथा अन्त्य नभएसम्म नेपाल मा समग्र विकास असम्भव रहेको कुरा औंल्याए ।
निवर्तमान कार्यपालिका सदस्य बिष्णु बिकले शिपका धनी दलित समुदायको पछिल्लो समय परम्परागत सीप हरू खोसिदै आएको मा दलित हरू थप मर्कामा पर्दै आएको बताए । पुनर्वास मा रहेका शिपका धनी दलित समुदायको लागि स्थानीय सरकारले रोजगार को वातावरण सृजना गर्नुपर्ने उनलेे जोड दिए ।
कार्यक्रम लाई समापन गर्दै समितका अध्यक्ष हरिकृष्ण ताम्राकारले दलित बर्गको समग्र समस्या समाधान का निम्ति दलितबिच एकताको खांचो रहेको कुरा औंल्याए जबसम्म दलितबिच एकता हुदैन दलितका समस्या समाधान हुनेवाला छैन उनलेे जोड दिए ।
गाउँका कुना कन्धराका दलित समुदाय हरू अझै धेरै पिडामा छन , उनिहरूले सामाजिक , आर्थिक तथा जातीय अन्याय खेपेर बसेका छन , त्यसैले यस्ता सशक्तीकरण कार्यक्रम को माध्यमबाट पुनर्वास का सिंगो दलित समुदाय लाई जनचेतना गराउन आफ्नो टिम लागिरहेको उनलेे बताए ।
नगरस्तरिय दलित समन्वय समिति कि कोषाध्यक्ष कमला बिक ले स्वागत गरेको कार्यक्रम को सञ्चालन सचिव उदय घिमिरे ले गरेका थिए ।

  • ६ असार २०८२, शुक्रबार १७:३० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलितको पेसा फेरियो, दलन फेरिएन
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU