सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

कञ्चनपुरको पुनर्वास–६ मा जनचेतनामूलक कार्यक्रम सुरु


धनबहादुर बिक , २१ जेष्ठ ।पुनर्वास कञ्चनपुरको पुनर्वासमा जनचेतनामूलक कार्यक्रम सुरु गरिएको छ । पुनर्वास–६ को वडा कार्यालयको आयोजनामा दुई दिने जनचेतना मूलक कार्यक्रम सुरु भएको हो । वडामा जनचेतना फैलाउने उद्देश्य सहित फरक–फरक दुई लक्षित समूहलाई केन्द्रित गरी विभिन्न सामाजिक र स्वास्थ्य सम्बन्धी महत्वपूर्ण विषयमा छलफल तथा अन्तरक्रिया भएको छ ।
कार्यक्रमको पहिलो दिन मङ्गलबार आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय अभिभावकहरूलाई लक्षित गरि जनचेतना मूलक कार्यक्रममा छलफल तथा अन्तरक्रिया गरीएको थियो । कार्यक्रममा सहभागीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण सम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो । अखाद्य वस्तुको पहिचान र प्रयोग गर्दा हुनसक्ने जोखीम सहितको जानकारी दिदै खाद्य सुरक्षाको महत्व र उपभोक्ता अधिकारबारे जानकारी छलफल तथा अन्तरक्रिया गरीएको थियो । यस्तै बुधबार कार्यक्रमको दोस्रो दिन पुनर्वास–६ भित्रका ६ वटा विद्यालयका कक्षा १० देखि १२ सम्मका विद्यार्थीहरूसँग लागू औषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सिमा अपराध तथा विपद् जोखिम न्यूनीकरण सम्बन्धी विषयमा जनचेतना मूलक कक्षा सञ्चालन गरिने पुनर्वास–६ को वडा कार्यालयले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले युवालाई नकारात्मक लतबाट जोगाउन सामुदायिक प्रयास आवश्यक रहेको बताउनुभयो । जनचेतनाको दायरालाई विद्यालय देखि घरदैलोसम्म पुराउनु पर्ने बताउदै पहिलो दिन आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय अभिभावकहरूलाई लक्षित गरि कार्यक्रम गरीएको उहाँले बताउनुभयो । यस्तै कर्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक प्रसाद रिजालले नगरपालिकाको तर्फबाट यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालिका अधिकृत सुमन लामिछानेले खाद्य सुरक्षा, म्याद गुज्रिएका सामग्रीको असर र बजार अनुगमनको प्रक्रिया बारे प्रशिक्षण दिनु भएको थियो ।

यस्तै कर्यक्रममा बोल्दै पुनर्वास–६ का वडा अध्यक्ष मित्र सिंह लामाले पहिलो दिन अभिभाबकहरुलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण सम्बन्धी विषयमा जानकारी दिने बतउनुभयो । यो संगै लागू औषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सिमा अपराध तथा विपद् जोखिम न्यूनीकरण सम्बन्धी विषयमा हल्का जानकरी दिने तर दोस्रो दिन पुनर्वास–६ भित्रका ६ वटा विद्यालयका कक्षा १० देखि १२ सम्मका विद्यार्थीहरूसँग लागू औषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सिमा अपराध तथा विपद् जोखिम न्यूनीकरण सम्बन्धी विषयमा जनचेतना मूलक कक्षा सञ्चालन गरीने बताउनुभयो । उहाँले यी विषयमा स्थानीय तहको भूमिका र समुदायको सहभागिता आवश्यक रहने बताउनुभयो ।
कार्यक्रम वडा नम्बर ६ अन्तर्गतका नवज्योति आमा समुह , विशाल आमा समुह , त्रिभुवन आमा समुह , सगरमाथा आमा समुह , हिमालय आमा समुह तथा महिला स्वास्थ्य स्वयंसेवीका लगायतको सहभागिता रहेको थियो ।


कार्यक्रममा वडा सदस्य ठाकुर प्रसाद अमगाईले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन दलित महिला सदस्य भावना स्वर्णकार सुनारले गर्नु भएको थियो । करीब ६० जनाको सक्रिय सहभागिता रहेको कार्यक्रममा स्थानीय समुदायमा जनचेतनाको सन्देश फैलाउने अपेक्षा गरिएको छ ।

  • २१ जेष्ठ २०८२, बुधबार ०३:१६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU