सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

प्रतिभानगर टाउन बजारमा खुल्ला व्यायमशालाको उद्घाटन

धनबहादुर बिक – पुनर्वास कञ्चनपुरको पुनर्वामा खुल्ला व्यायामशाला निर्माण गरीको छ । पुनर्वास–६ स्थित टाउन बजारको खुल्लमञ्चमा खुल्ला व्यायामशालाको निर्माण गरी शनिबार उद्घाटन गरिएको छ । प्रदेश सरकारको ५ लाख सहयोगमा निर्माण गरिएको व्यायामशालाको सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिर बहादुर थापाले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री थापाले स्वस्थ जीवनशैलीको विकासका लागि व्यायामशालाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । व्यायामशालामा भएका संरचनाहरूको अधिक्तम प्रयोगले जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उहाँ बाउनुहुन्छ । उहाँले प्रदेश सरकार जनताको हितमा क्रियाशील रहेको र भौतिक संरचनासँगै सामाजिक विकासमा पनि योगदान दिइरहेको बताउनुभयो ।

पहिलो चरण भएकाले अबको बजेट मार्फत व्यायामशालालाई थप सुदृढ बनाउदै लैजाने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा पुनर्वास नगरपालिकाको उपप्रमुख भुलिया कुमारी रानाले स्थानीय स्तरमा यसप्रकारका पूर्वाधार विकासले समुदायलाई सक्रिय र स्वास्थ्य सचेत बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्नेे प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

पुनर्वास–६ का वडाध्यक्ष मित्र सिंह लामाले प्रदेश सरकारले विनियोजन गरेको पाँच लाख रुपैयाँको बजेटबाट व्यायामशालाको निर्माण सम्पन्न भएको बताउनुभयो । उहाँले सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै स्थानीयवासीले व्यायामशालाकोे भरपूर उपयोग गरी लाभ लिनु पर्नेमा जोड दिनुभयो । खुला व्यायमशाला ले सर्वसाधारण को स्वास्थ्य मा राम्रो प्रभाव पर्ने सम्भावना रहेको पुनर्वास उधोग वाणिाज्य संघ अध्यक्ष राजकुमार रायमाझीले बताउनुभयो ।

सानो योजना भएतापनि व्यायमशाला योजना ल्याईदिनुभएकोमा प्रदेश लाई धन्यवाद छ रायमाझीले भने । धनगढीमा रहेको कठायत निर्माण सेवा धनगढी का सञ्चालक बिरेन्द्र श्रेष्ठले उक्त व्यायमशालाको निर्माण गरेका हुन । व्यायामशाला उद्घाटन सँगै सर्वसाधारणका लागि खुल्ला गरिएको छ । पुनर्वास नगरपालिका ६ का वडा अध्यक्ष मित्र सिंह लामा को अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो । वडा सदस्य ठाकुर प्रसाद अम्गाई ले स्वागत गर्नुभएको व्यायामशाला उद्घाटन कार्यक्रमको सञ्चालन पुनर्वास–६ का वडा सदस्य भावना स्वर्णकार सुनारले गर्नुभएको थियो ।

  • ४ जेष्ठ २०८२, आईतवार १६:२६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलितको पेसा फेरियो, दलन फेरिएन
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU