नागरिकता सहयोगीहरुका लागि तालिम सम्पन्न
धनगढी २५ मसिंर । एफएमडिसी,बिकास र सामाजिक परिवर्तनका लागि संचारको आयोजनामा २ दिने नागरिकता सहयोगी सहजकर्ताहरुको तालिम सम्पन्न भएको छ

हामी नेपाली हाम्रो नेपाल एक अभियान कार्यक्रम अन्र्तगत धनगढी उपमहानगरपालिका आठ वडा वडाका सहजकर्ताहरुको सहभागिता रहेको थियो ।
आम नागरिकहरुको कानुनी पहिचानका प्रमाण पत्र बनाउने र सरकारी सेवासुबिधाका बारे जानकारी गराउने उदेश्यले तालिमको आयोजना गरेको हो ।

तालिममा सहभागिहरुलाई एफएमडिसीका संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार उमीद बागचन्द,जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत यादव भण्डारी,धनगढी उपमहानगरपालिकाका टंक बिष्ठ, राष्ट्यि मानव अधिकार आयोगका क्षेत्रिय निर्देश झंकर रावल,जिल्ला सरकारी कार्यालयका वकिल प्रकाश भण्डारी,रुडुकका कार्यक्रम संयोजक गणेश कडायत र ल्यानकाउ नेपालका कार्यकारी निर्देशक तथा अधिबक्ता आकाश बागचन्द लगाएतले संबैधानिक व्यवस्था,नागरिकता ऐन,सुचनाको हक,मानव अधिकार,सामाजिक सुरक्षा भक्ता लगाएतका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

एफएमडिसीले बिगतमा पनि धनगढीका बिभिन्न वडाहरुमा यो कार्यक्रम सम्पन्न गरिसकेको थियो ।
हामी नेपाली हाम्रो नेपाल एक अभियानका कार्यक्रम अधिकृत रसुता जैरुले फेरी पनि यो कार्यक्रमलाई केही थप नयाँ आठ वटा वडामा सुरु गर्ने बताए ।

कार्यक्रमका सहभागिहरुले यो तालिमबाट धेरै कुरा सिक्न पाएको भन्दै आफुहरुलाई काम गर्न सहज हुने बताएका थिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया