सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियन खेलाडी पुनर्वास कि चेलि स्वस्तिका पुनर्वास मा सम्मानित

 धनबहादुर बिक – पुनर्वास – २४ पौष बक्सिङ च्याम्पियन खेलाडी स्वस्तिका तिरूवा आज एक कार्यक्रम बिच पुनर्वास मा सम्मानित भएकि छिन । अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियन खेलाडी पुनर्वास कि स्वस्तिका तिरूवालाई बुधबार पुनर्वास नगरपालिका ६ वडा कार्यालयले भब्य स्वागत कार्यक्रम को आयोजना गरि प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको हो । सम्मान कार्यक्रम का प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य तारालामा तामाङले अन्तर्राष्ट्रिय स्तरमै राष्ट्र लाई स्वर्णपदक जिताउन सफल बक्सिङ च्याम्पियन स्वस्तिकालाई बधाई तथा धन्यवाद दिनुभएको थियो ।
नजिकको तिर्थ हेला भनेझैं आफ्नै गाउँ ठाउँको चेलिलाई हामीले चिन्न नसक्नु दुर्भाग्य को कुराो भएको छ लामाले भन्नुभयो । आफ्नो नगर भित्र को खेलाडीलाई सम्झेर सम्मान गरेकोमा सांसद लामाले नगर प्रमुखलाई समेत धन्यवाद दिनुभएको थियो । उहाँले राष्ट्र कै गौरबका रूपमा परिचित यस्ति चेलिलाई जन्माउने स्वस्तिकाका आमाबुवा तथा सपरिवारलाई धन्यवाद दिनुभयो । कार्यक्रममा नगर प्रमुख तोय प्रसाद शर्माले आफ्नै नगर भित्र अन्तर्राष्ट्रिय स्तरमै यस्तो खेलाडी जन्मिएको तर आफू अनविज्ञ रहेकोमा अफसोस महसुस भएको बताउनुभयो ।
स्वस्तिकाले अन्तर्राष्ट्रियस्तरमा स्वर्णपदक हासिल गरेको सामाजिक सञ्जालमा देखेपछि , पुनर्वास कै चेलि रहेको जानकारी संगै खोजविन गरि आफुले पुनर्वास मा आउन निम्तो गरेपछि आज सम्मान गर्ने अवसर जुरेको नगर प्रमुख शर्माले बताउनुभयो । उहाँले बक्सिङ च्याम्पियन खेलाडी स्वस्तिका र उनका परिवारलाई बधाई तथा शुभकामना दिनुभएको थियो । नगर उप प्रमुख भुलिया कुमारी रानाले दृढ संकल्प सहित खेल प्रति लगनशीलता भएमा जुनसुकै खेलाडीले लक्ष्य हासिल गर्न सक्छ जुन आज स्वस्तिकाले हासिल गरेकि छिन भनाइ राख्नुभयो । खेलको माध्यमबाट राष्ट्र संगै खेलाडी स्वंय आफुलाई पनि अन्तर्राष्ट्रियस्तरमा चिनाउन सक्ने स्वस्तिका उदाहरण को पात्र भएको नगर उप प्रमुख रानाले टिप्पणी गर्नुभयो ।
जीवन ज्योति मावि प्र अ भरतकुमार बस्नेतले स्वस्तिकाको जित हामी सबै पुनर्वासिको जित भएको कुरामा जोड दिंदै उनलेे प्राप्त गरेको जितमा सबैभन्दा बढी आफूले खुसी महसुस गरेको बताए । आफ्नै बिद्यालय कि छात्रा तथा आफुले पढाएको बिध्यार्थिले अन्तर्राष्ट्रियस्तरमा देशको प्रतिनिधित्व गरेर स्वर्णपदक जित्न सफल हुनुले अत्यन्तै खुसी लागेको प्र अ बस्नेतले बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष मित्र सिंह लामाले खेलाडीलाई हौसला प्रदान गर्दै संरक्षण गरिनु राष्ट्र को दायित्व भएको कुरामा जोड दिंदै खेलाडी प्रति कसैले पनि कुनै भेदभाव गर्न नहुने बताउनुभयो ।
अन्तर्राष्ट्रिय खेलाडी तथा पुनर्वास ६ निवासी स्वस्तिकालाई आफ्नै वडामा सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । स्वस्तिकाले गत कार्तिक १६ गते अर्थात नोभेम्बर १ मा बहराइनको मानामास्थित अल अहली क्लबमा भएको महिला ५४ केजीमुनि फाइनलमा स्वस्तिकाले ब्राजिलकी ओलिभिएरालाई ५–० ले पराजित गरि सेमिफाइनलमा पुग्दै ब्राजिलकै बारोस फरेरा मार्सेलो डीलाई ५–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । समग्रमा तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी स्वस्तिकाको यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो ।
स्वस्तिकाले सन् २०२१ मा दुबईमा भएको एसियाली जुनियर बक्सिङ प्रतियोगितामा कांस्य जितेकी थिइन् । ठमेलस्थित एभरेस्ट माविबाट प्लस टु उत्तीर्ण गरेकी सुदूरपश्चिमको कञ्चनपुर पुनर्वास नगरपालिका ६ निवासी स्वस्तिकाले जोर्डनमा भएको एएसबीसी युथ तथा जुनियर बक्सिङमा पनि सहभागिता जनाएकी थिइन् । सन् २०२१ बाट बक्सिङ खेल्ने थालेकी स्वस्तिकाले २ वर्षअघि भएको खुला राष्ट्रिय बक्सिङ प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । बक्सिङमा नेपालबाट सहभागी स्वस्तिका एक्लो महिला खेलाडी हुन् ।
  • २४ पुष २०८१, बुधबार १४:५१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलितको पेसा फेरियो, दलन फेरिएन
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी

    ताजा अपडेट

    ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ

    काठमाडौं ३ भाद्र । गृहमन्त्री सुधन गुरुङले ललितपुर महानगरपालिकाले गरेको काम प्रशंसनीय र उदाहरणीय...

    दलितको पेसा फेरियो, दलन फेरिएन

    नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायले...

    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु
    • मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय
    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU