सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बेलडाडीमा पुर्व प्रअ को घरबाट अबैध काठ बरामद

 धनबहादुर बिक – बेलडाडी – बेलडाडी गाउपालिका वडा नम्बर २ स्थित स्थानीय बासुदेब ओझाको घरबाट ठुलो परिमाणमा अवैध सालका काठ फेला परेको छ । ईलाका प्रहरी कार्यालय बेलडाडी का प्रहरी निरिक्षक दिपेन्द्र चन्दले दिएको जानकारी अनुसार बेलडाडी गाउपालिका वडा नम्बर २ का बासुदेब ओझाको घरगोठबाट ११ थान चिरान गरिएका सालका काठ र गोठ नजिकै माटो मुनि लुकाएर राखेको अवस्थामा पाँच थान सालका गोलिया फेला परेको जनाईएको छ ।
प्रहरी निरिक्षक चन्दका अनुसार गाउपालिका उपाध्यक्ष शान्ति नाथ का छिमेकी बासुदेब ओझा दुबै जनाको सांध सिमाना मा बिबाद रहेको र हाल कञ्चनपुर जिल्ला अदालतको आदेशअनुसार सांधसिमाना सनतुलन मिलाउने क्रममा खनजोत गर्दा उक्त सालका अवैध काठ फेला परेको बताईएको छ । श्री शैलेश्वरी माविमा पुर्व प्र अ समेत रहेका बासुदेब ओझालाई उदृत गर्दै प्रहरी निरिक्षक चन्दले उक्त सालका काठहरू द्वन्द्वकालमा खरिद गरेर ल्याईएका र चिरान गर्न समयअनुकुल नभएर त्यतिकै राखिएको बताए ।
हाल ओझा केही समयदेखि सपरिवार महेन्द्रनगर बस्दै आएको र सांध सिमाना बिबाद आएपछि सुल्झाउनका निमित्त बेलडाडी आएको बताईएको छ । बरामद गरिएको उक्त अवैध काठहरू बेलडाडी रेञ्जपोष्टको जिम्मा लगाईएको प्रहरीले जनाएको छ । बरामद गरिएका अवैध काठहरू को नापजाँच गर्न बाकि रहेको र नापजाँच पछि शुक्लाफँटा राष्ट्रिय वनको जिम्मा लगाईने बेलडाँडी रेञ्जपोष्टका रेञ्जर बिक्रम चौधरीले बताए । सो बिषयमा थप जानकारी का लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज का सूचना अधिकारी प्रुसोतम वाग्ले संग उहाँको मोबाइल मा सम्पर्क हुन सकेन ।
  • १७ पुष २०८१, बुधबार ०७:२७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलितको पेसा फेरियो, दलन फेरिएन
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी

    ताजा अपडेट

    ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ

    काठमाडौं ३ भाद्र । गृहमन्त्री सुधन गुरुङले ललितपुर महानगरपालिकाले गरेको काम प्रशंसनीय र उदाहरणीय...

    दलितको पेसा फेरियो, दलन फेरिएन

    नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायले...

    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु
    • मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय
    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU