नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको २१औं साधारणसभा तथा ११ औं अधिवेशन सम्पन्न
धनबहादुर बिक – महेन्द्रनगर – नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको २१औं साधारणसभा तथा ११ औं अधिवेशन सम्पन्न भएको छ । शनिबार होटल चेतन महेन्द्रनगर मा महासंघको २१औं साधारणसभा तथा ११ औं अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै कञ्चनपुर जिल्ला अदालत का न्यायाधीश राजेन्द्र भण्डारीले पत्रकार र अदालतको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने बिषयलाई जोड्दै सहि र सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारको धर्म रहेको बताउनुभयो , पत्रकार ले गहिरो अध्ययन गरि सत्य तथ्य समाचार सम्प्रेषण गरिदा पिडितले न्याय पाउनुका साथै समाजलाई पनि सहि मार्गदर्शन हुने उहाँले औंल्याउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पुर्व केन्द्रीय उपसभापति चित्राङ्क थापाले पत्रकारिता पेशालाई मर्यादित बनाउनु पर्ने साथै स्वंयम पत्रकार ले पनि आचारसंहिता लाई ध्यानमा राख्दै सच्चिनुपर्ने जोड दिनुभयो ।

कञ्चनपुर प्रहरी उपरिक्षक चक्र राज जोशी ले पछिल्लो समय जिल्लामा लागू औषध जस्तो विकृति बढ्दै गईरहेको ले यसलाई न्युनिकरण गर्न पत्रकार ले कलम चलाउनुपर्ने मा जोड दिनुभयो कञ्चनपुर जिल्ला को शहरि क्षेत्र भन्दा पनि ग्रामीण भेगमा लागू औषद विकृति बढेको देखिन्छ यसलाई नियन्त्रण गर्न प्रहरी को एकल प्रयासबाट सम्भव नभएकोले पत्रकार महासंघ ले पनि अहम भुमिका निर्वाह गर्नुपर्ने वहाँ ले बताउनुभयो । वहाँ ले पत्रकार महासंघ साधारणसभा को सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । महासंघ सुदूरपश्चिम प्रदेश महासचिव रामसिंह ठगुन्नाले पत्रकार को हकहित तथा दुर्घटनाका क्रममा घाईते भएको खण्डमा आर्थिक सहयोग का लागि कोष स्थापना गरिसकिएको बताए ।
महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल ले पत्रकार को पेशा असुरक्षित हुँदै गएको बिषयलाए जोड दिदै जुन पत्रकार स्थानीय सरकार प्रमुख को नजिक बन्न सक्छ त्यो पत्रकार फस्टाएको छ जो पत्रकार टाढा हुन्छ त्यो पत्रकार विस्थापित हुनेक्रम देखिन आएको बिषयमा जोड दिए । पछिल्लो समय एफ एम रेडियो हरू धमाधम बन्द हुने क्रम रहेको रेडियोकर्मि संगै लगानिकर्ता हरू आर्थिक मारमा परेको महासंघ कञ्चनपुर पुर्व अध्यक्ष बिष्णु अवस्थिले औंल्याए । महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामिको अध्यक्षतामा गरिएको साधारण सभाको उद्घाटन जिल्ला अदालत कञ्चनपुरका न्यायाधिश राजेन्द्र भण्डारीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न गरिएको छ ।
उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष चित्राङ्ग थापा, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम अध्यक्ष योगेश रावल, महासंघका प्रदेश महासचिव राम सिह ठगुन्ना, गैर सरकारी संस्था महासंघ कञ्चनपुरका उपाध्यक्ष अमिर तिरुवा लगायतले शुभकामना मन्तव्य राखे । उद्घाटन सत्रपछि अग्रज पत्रकार चित्राङ्ग थापाको संयोजकत्वमा खेम भण्डारी र दुर्गा उपाध्यक्ष सदस्य रहेको अध्यक्ष मण्डल गठन गरी बन्द सत्र गरिएको छ ।
बन्द सत्रमा महासंघ कञ्चनपुरका सचिव राजेन्द्र प्रसाद अवस्थीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष जयदेब जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । ती दुबै प्रतिवेदनमा छलफल गरी पारित गरिएका छन् । बन्द सत्रबाट दुई बुँदे प्रस्ताव पारित गरिएको छ । बन्द सत्रमा महासंघका अध्यक्ष माधव सिह धामीले आफ्नो साढे तीन वर्षे कार्यकालमा आफूले महासंघका पदाधिकारी, सदस्य रसाधारण सदस्य सबैको साथ र सहयोग पाएर काम गरेको बताए । आगामी मंसिर २८ गते महासंघ को नयाँ कार्यसमिति का लागि निर्वाचन मिति तय गरिएको छ भने पत्रकार महासंघ कञ्चनपुरमा १ सय १६ साधारण सदस्य छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया