सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

विदेश भ्रमणका ऐजेण्डाहरु बारे छलफल हुनु असमझदारी होईन : गृहमन्त्री लेखक
"काँग्रेस र एमालेका बीचमा कुनै असमझदारी छैन । काँग्रेस र एमाले मिलेर सरकार बनाएको हो । "

धनगढी : गृहमन्त्री रमेश लेखकले नेपाली काँग्रेस र नेकपा एमालेका बीचमा कुनै असमझदारी नरहेको बताएका छन । सुदूरपश्चिम स्तरीय सुरक्षा गोष्ठीका लागि सोमबारदेखि धनगढीमा रहेका गृहमन्त्री लेखकले विहीबार विहान नेपाल प्रेस युनीयनले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन ।

‘काँग्रेस र एमालेका बीचमा कुनै असमझदारी छैन । काँग्रेस र एमाले मिलेर सरकार बनाएको हो । त्यसमा अरु राजनीतिक दलहरुको पनि सहभागिता छ । हाम्रा बीचमा कुनै असमझदारी छैन’ उनले भने ।
उनले राजनीतिमा प्रमुख प्रतिष्पर्धि दलहरुले सरकार बनाएको बताउदै भने, ‘राजनीतिमा हामी प्रतिष्पर्धि हौ, तपाईहरुले देखि रहनुभएको छ, उप निर्वाचनमा हामी प्रतिष्पर्धा गरिरहेका  छौं । यसले झन हाम्रो विचको सम्बन्ध बलियो भईरहेको छ ।’
प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति देउवाबीच चीन भ्रमणका एजेन्डाहरुका बारेमा मतभेद देखिएको कुरा बाहिर आएको छ । काँग्रेस विआरआई परियोजना अनुदान बाहेकमा पास नगर्नु पक्षमा छ भने एमाले पनि अनुदानमा चीनले स्वीकार नगरे ऋणमै भएपनि विआरआई परियोजना ल्याउनुपर्छ भन्ने पक्षमा देखिएको छ ।
सञ्चारकर्मीहरुले राखेका जिज्ञासामा गृहमन्त्री लेखकले भने, ‘काँग्रेसले यसअघि नै विआरआई परियोजना ग्रान्टमा हो भने मात्रै स्वीकार गर्ने निर्णय गरिसकेको छ । यसको मतलब एमाले ग्रान्ट स्वीकार्दैन भन्ने चाई होईनहै, । यस बारेमा दुई पार्टीका शीर्ष नेताहरुका बीचमा छलफल भईरहेको छ । विदेश भ्रमणका ऐेजेन्डाका बारेमा सत्ता साझेदार दलहरुबीच छलफल हुनु स्वभाविकै त होईन र ?’

मन्त्रीमण्डल फेरबदलका बारेमा राखेका जिज्ञासाहरुमा गृहमन्त्री लेखकले प्रधानमन्त्री कार्यकारी हुने ब्यवस्थामा मन्त्रीमण्डलमा फेरबदल हुनु सामान्य कुरा भएको बताए । तर अहिले नै मन्त्रीमण्डल फेरबदल नहुने उनको तर्क थियो ।

‘भन्नेहरुले त यो सरकार दशैं भन्दा पर जादैन भने, त्यसपछि तिहार कटदैन भने । भन्नेहरुको पछि लाग्ने होईन, यो सरकार बनेको एकवर्ष ८ महिना पछि भने फरिवर्तन हुन्छ । त्यसपछि पार्टी सभापति शेर बहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ, उहाँले ८४ को चुनाव गराउनु हुन्छ । त्यपछि जसले बहमुत ल्यायो, त्यसैको सरकार हुन्छ’ नेता लेखकले भने ।

इबिकुलबाट

  • ७ मंसिर २०८१, शुक्रबार १२:४४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु
    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस

    ताजा अपडेट

    ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ

    काठमाडौं ३ भाद्र । गृहमन्त्री सुधन गुरुङले ललितपुर महानगरपालिकाले गरेको काम प्रशंसनीय र उदाहरणीय...

    दलितको पेसा फेरियो, दलन फेरिएन

    नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायले...

    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु
    • मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय
    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU