सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बाढीपहिरो पीडितलाई फास्टट्याकबाट राहत वितरण गर्न माग

सिन्धुली — कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले कार्यविधि बदलेर भए पनि फास्टट्याकबाट बाढीपहिरो पीडितलाई राहत वितरण गर्न र पुनःस्थापनाको काम अघि बढाउन सरकारसँग माग गरेका छन् ।

पीडित परिवारजनलाई घरघरै पुगेर भेटिरहेका प्रमुख सचेतक घिमिरेले शनिबार गृहमन्त्री रमेश लेखकलाई समेत फोनबाट छिटोभन्दा छिटो राहत तथा आवासको व्यवस्था गर्न माग गरेका हुन् । ‘पीडितहरूले जसोतसो दसैं धानेका छन्,’ उनले भने, ‘अन्नबाली भित्र्याउने समयमा बगर भएको खेत र नामोनिसान नराखी पहिरोले बगाएको घरगोठ हेरेर पीडितहरू सरकारी सहयोगको आशामा छन् । कार्यविधि झन्झटिलो भएकाले त्यसलाई परिमार्जन गरी तत्काल राहत वितरण गर्नु पर्‍यो ।’

प्रधानमन्त्री राहत कोषमा अर्बौं रकम जम्मा हुने र पीडितहरू भने खान नपाएर भोकभोकै बस्नुपर्ने अवस्था आएकाले तत्काल सरकारी काम छिटोछरितो हुनुपर्ने उनको भनाइ थियो । व्यक्तिगत करिब १० लाख खर्चेर सिन्धुलीको गोलन्जोर र फिक्कलका एक सय बढी बाढी पहिरो पीडितलाई राहत वितरण गरेका प्रमुख सचेतक घिमिरेले सुनकोसी, गोलन्जोर र फिक्कललाई क वर्गमा राखेर क्षतिको विवरण संकलन गरी राहत तथा पुनःस्थापनाको काम हुनुपर्ने खाँचो औंल्याए ।

सिन्धुलीमा प्रारम्भिक चरणको तथ्यांक अनुसार बाढीपहिरोबाट २ सय ६३ घर पूर्ण र २ सय २५ घरमा आंशिक क्षति पुगेको छ । बीपी राजमार्गको चार स्थानमा सडक बगाएको छ भने २ वटा पक्की तथा २३ वटा झोलुंगे पुल बगाएको छ । हालसम्म संघसंस्था तथा व्यक्तिगत सहयोगमा ९ सय १८ जनालाई ७८ लाख ९१ हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको प्रशासनले जनाएको छ ।

कान्तिपुरबाट

  • ३ कार्तिक २०८१, शनिबार १३:१३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU